जेष्ठ ४, २०८१ शुक्रबार

छ हजार ७१६ कोरोनामुक्त, १४५ को मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसका छ हजार ६७७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ३० जनाको आरटपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालमा हाल एक लाख १७ हजार ७७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता डा. समीर कुमार अधिकारीले चौबीस घण्टामा छ हजार ७१६ जना कोरोनामुक्त भएको बताउनुभयो । उहाँका अनुसार सोही अवधिमा १४५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : जेष्ठ १२, २०७८ बुधबार  ५ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]