जेष्ठ ४, २०८१ शुक्रबार

देशभर ६ हजार ४९१ जना संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४९१ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ७९ दशमलब ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म देशभर ४ लाख ४७ हजार ४४६ संक्रमित निको भइसकेका छन्।

त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५५   जनाको पिसिआर र  २ हजार ४२५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ४ हजार १७८  जना र एन्टीजेटमार्फत ५८४ जना संक्रमित पुष्टि भएका छन्।

देशभर एक लाख ६ हजार ४७०  जना संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा देशभर ११४ जना संक्रमितको मृत्यु भएको छ। देभभर ६८९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : जेष्ठ १७, २०७८ सोमबार  ६ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]