जेष्ठ ८, २०८१ मंगलबार

झापाको एमाले अध्यक्षमा दिपक कार्कीको चर्चा

बिर्तामोड । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पुष २३ मा सबै जिल्लाको अधिवेशन गर्ने निर्णय गरेसँगै झापाको नेतृत्वका बारेमा चर्चा शुरु भएको छ ।

मंगलवार बिर्तामोडस्थित एमालेको जिल्ला पार्टी कार्यालयमा भएको बैठकले जिल्ला अधिवेशनका बारेमा छलफल समेत गरेको थियो । सो बैठकमा नेतृत्वका बारेमा खुलेर कसैले कसैलाई केहि भनेनन् । तर, अबको नेतृत्वका लागि झापा एमालेमा ‘नयाँ फे्रम’ तयार भएको बुझिएको छ ।

गत हप्ता मात्रै झापाका एमाले नेताहरु पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका थिए । सोही भेटमा झापाली नेताहरुले झापाको अबको नेतृत्वका बारेमा समेत कुराकानी राखेका थिए ।

०६४ सालको निर्वाचनमा झापामा तत्कालिन क्षेत्र नं. ६ बाट निर्वाचित भएका दिपक कार्की अध्यक्षका दावेदार मानिएका छन् । उनले यसअघिको जिल्ला अधिवेशनमा समेत अध्यक्षको दावी प्रस्तुत गरेका थिए । अधिवेशनबाट चिन्तन पाठक अध्यक्ष भएपछि कार्कीलाई उपाध्यक्ष बनाइएको थियो । कार्कीले उपाध्यक्ष त्यागेको घोषणा समेत गरेका थिए ।

एमाले नेताहरुको बिचमा भएको कुराकानीलाई आधार मान्ने हो भने कार्की आउँदो अधिवेशनबाट अध्यक्ष बन्ने पक्कापक्की भएको छ । इजलाससित कुरा गर्दै एक नेताले भने, ‘हामीले सुने अनुसार अध्यक्षमा कार्की, उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुङ्गेल, उपसचिवमा असारु राजवंशी र रेनुका डाँगीको नाम आएको छ ।’ कार्कीलाई पार्टी अध्यक्ष ओलीले समेत अध्यक्षका लागि संकेत गरिसकेको बुझिएको छ ।

प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार  ७ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]