जेष्ठ ४, २०८१ शुक्रबार

बिर्तामोड १ मा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन

बिर्तामोड । झापाको बिर्तामोड–१ मा आधारभुत स्वास्थ्य केन्द्र उद्घाटन गरिएको छ । आज विहान बिर्तामोडका नगर प्रमुख धु्रव कुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतरा, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल र वडाध्यक्ष अग्नी पाण्डेले संयुक्त रुपमा आधारभुत स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

वडा कार्यालय रहेको भवनबाटै स्वास्थ्य सेवा समेत दिइरहेको बिर्तामोड १ ले अव आफ्नै निजी भवनबाट सेवा प्रवाह गर्ने भएको छ । स्थानीय जग्गादाता दान बहादुर राउतले आधारभुत स्वास्थ्य केन्द्रका लागि १ कठ्ठा जग्गा उपलब्ध गराएका थिए । जग्गा उपलब्ध गराएपछि स्वर्गवास भएका राउतलाई उनको परिवार मार्फत सम्मान समेत गरिएको छ ।

२६ लाखको लागतमा निर्माण सम्पन्न भएको उक्त नयाँ भवनमा आधारभुत स्वास्थ्य उपचार गरिने स्वास्थ्य केन्द्रका प्रमुख बिजय शाहले जानकारी दिए । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख शिवाकोटीले आधारभुत स्वास्थ्य केन्द्रमा सेवा थप गर्ने प्रतिवद्धता जनाएका छन् । आगामी दिनमा ल्याव समेत राख्ने योजना छ, शिवाकोटीले भने – अब उपचारका लागि टाढा जानु पर्दैन । गाउँघर मै स्वास्थ्य उपचारको प्रवन्ध मिलाएका छौं ।

उद्घाटन कार्यक्रममा उपप्रमुख पवित्रा महतरा, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल, वडाध्यक्ष अग्नी पाण्डेसहित स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार  ९ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]