जेष्ठ ८, २०८१ मंगलबार

झापामा ट्राफिक सप्ताहको शुभारम्भ : हरेक वर्ष दुर्घटना दर दुई गुणा बढ्दै

बिर्तामोड । झापामा ट्राफिक सप्ताह कार्यक्रम शुरु भएको छ । आज विहान झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सप्ताहको उद्घाटन गरेका छन् । प्रजिअ तिमिल्सिनाले ७ वर्षीया ऋषिका भण्डारीलाई हेल्मेट लगाइदिएर ट्राफिक सप्ताहको उद्घाटन गरेका हुन् ।

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि सप्ताहव्यापी अभियानको शुभारम्भ गरिएको हो । अभियान शुभारम्भको अवसरमा बिर्तामोडमा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा प्रभातफेरि गरिएको छ । जिल्लाका सुरक्षा प्रमुखहरुको सहभागितामा भएको प्रभातफेरिमा विद्यार्थीको उल्लेख्य सहभागिता थियो ।

एक हप्तासम्म ट्राफिक जनचेतना मुलक कार्यक्रम गर्दै जिल्लामा ट्राफिक सप्ताह मनाइने झापाका ट्राफिक प्रमुख निषेश चापागाईले जानकारी दिए । उनका अनुसार सवारी दुर्घटना न्यूनिकरण नै कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । उनका अनुसार झापामा गत आर्थिक वर्ष ९३ जनाको सवारी दुर्घटनाबाट ज्यान गएको थियो । चालु आर्थिक वर्षको ५ महिनामा मात्रै ५१ जनाले ज्यान गुमाएको चापाईले जानकारी दिए । हरेक वर्ष दुर्घटना दर दोब्बर बढ्दै गएको बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी तिमिल्सनाले पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको बताएका छन् । उनले तथ्याङक अनुसार दुर्घटना बढिरहेको बताउँदै न्यूनिकरणमा सबैको दायित्व हुने बताए । पछिल्लो ५ महिनामा ५१ जनाले दुर्घटनाबाट ज्यान गुमाएको प्रजिअ तिमिल्सनाको भनाई छ । उनका अनुसार दुर्घटना दर बढिरहेकाले गम्भीर बन्नैपर्छ । झापा ट्राफिकलाई सवारी चेकजाँचमा कडाई गर्दै दुर्घटना न्यूनिकरण गर्न आग्रह गरेका छन् । ट्राफिक प्रहरीले सडकमा असुरक्षित हिसावले जाँच गर्ने गरेको भन्दै आगामी दिनमा खाली क्षेत्रमा सुरक्षित तरिकाबाट चेकजाँच गर्न निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले सवारी चालकले विशेष ध्यान दिएर सवारी चलाउनु पर्ने बताए । चालक कै कारण धेरै दुर्घटना हुने गरेको भन्दै भट्टराईले चालकलाई ट्राफिक नियमको पालना गर्न निर्देशन दिएका छन् । सवारी दुर्घटनामा युवाहरुले अकालमै ज्यान गुमाइरहेको अवस्था छ, एसपी भट्टराई भन्छन् – बेलैमा सचेत भएमा अपांग भएर बाँच्नुपर्दैन ।
ट्राफिक सप्ताह समापनको अवसरमा दुर्घटना न्यूनिकरणका लागि जिल्लास्तरीय अन्तरक्रिया आयोजना गरिने बताइएको छ ।

प्रकाशित मिति : पुष ४, २०७८ आईतबार  १२ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]