जेष्ठ ४, २०८१ शुक्रबार

झापामा भव्य मनाइयोे चासोक तङ्नाम

सरोज भट्टराई

शिवसताक्षी । शिवसताक्षीको दुधेमा चासोक तङ्नाम २०७८ भव्य रुपमा मनाइएको छ । किँरात याक्थुङ चुम्लुङ शिवसताक्षीले निर्माणाधिन दुधे रंगशालामा चासोक तङ्नाम भव्य रुपमा मनाएको हो । चासोक तङ्नामको उद्घाटन शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले गरेका हुन् ।

उद्घाटनका क्रममा बोल्दै मेयर शेर्माले चासोक तङ्नाम लिम्बु जातिहरुको साँस्कृति पर्व भएकाले यसले समाजका सबै जातजातिलाई एकताको सुत्रमा बाँध्ने बताए । नेपाल विविध जाति बहुसाँस्कृतिक र बहु धार्मिक देश भएकाले सबै जाति धर्मले समाजलाई एकताको सुत्रमा आदिम कालदेखि बाँध्दै आएको उनको भनाई थियो । नेपाल बहुधार्मिक बहुसाँस्कृतिक भएकाले पनि लिम्बु जातिले चासोक तङ्नामलाई मुख्य पर्वको रुपमा लिइदै आएको मेयर शेर्माले बताए ।

लिम्बू जातिले प्राचिन कालदेखि नै अन्नबाली पाकेपछि भित्र्याउनु अघि इष्ट देवता र पितृहरुको पूजाआजा गरी नयाँ अन्नबाली अर्पण गर्ने प्रचलन रहेको छ । त्यस्तै लिम्बु भाषामा चासोकको अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरा निङवाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गरिने चलन रहेको अध्यक्ष विरबल जवेगुले जानकारी दिए ।

नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेवेले बहुसाँस्कृतिक चाडको रुपमा मानिएको चासोक तङ्नाममा सरकारले विदा दिएर राष्ट्रिय चाडको मान्यता दिएको बताए । नेपालीहरुको संस्कृतिलाई जर्गेना गर्नको लागि लिम्बु जातिले चासोक ताङ्नाम मनाउन थालिएकोमा आयोजक किराँत योक्थुङ चुम्भोलाई सभापति थेवेले धन्यवाद दिएका थिए ।

कार्यक्रममा लिम्बु जातिका खेलहरु छेलो, धनुष्काडलगायत र बाजाहरु च्याब्बरुक, कोममिक्ला, फाक्वा, मुक्साङ, फामुक, नागारा, केसाङ, सिर्बोङ, फेन्जे, तुङगेवा आदि प्रदर्शनी गरिएको थियो । लिम्बु जातिका भेष भुषामा सजिएका पुरुष तथा महिलाहरुले पालन गीतमा धाननाच प्रस्तुत गरेका थिए ।

साँझको सन्ध्याकालिन कार्यक्रममा राष्ट्रिय कलाकार मेलिना राईले विभिन्न गीत प्रस्तुत गरेकी थिइन् । आदिमकालमा किराँतीहरूले उत्पादन गरेको विभिन्न अन्नवालीलाई नचढाई खाँदा विभिन्न किसिमका रोगहरू लागेको र पछि चढाएर खाएपछि मात्र सबैको रोग निको भएको ऐतिहासिक तथा सांस्कृतिक मान्यता रहेकाले वर्षेनी अन्नवालीलाई चढाई प्रसादको रुपमा खाएर चासोक तङ्नाम मनाउँदै आएको हो ।

प्रकाशित मिति : पुष ४, २०७८ आईतबार  ८ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]