जेष्ठ ४, २०८१ शुक्रबार

एमाले अध्यक्ष ओलीको निर्देशनमा खरेल र लिङ्देनको भेटवार्ता

बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नी खरेल र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ । दुई नेता बिच मंगलवार साँझ बिर्तामोडमा भेटवार्ता भएको हो ।

राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न दुई नेताले भेटघाट गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा उनीहरु बिच भेटवार्ता भएको बुझिएको छ । लिङ्देनसँग भेटवार्ता गरेको एमालेका स्थायी कमिटी सदस्य खरेलले पुष्टि गरेका छन् ।
समसामयिक राजनीति र आसन्न राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा कुराकानी भएको बुझिएको छ । नेताहरु बिच दुई दलबिचको सहकार्य, समन्वयका बारेमा कुराकानी भएको छ ।

प्रकाशित मिति : पुष ७, २०७८ बुधबार  ११ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]