जेष्ठ ४, २०८१ शुक्रबार

आफ्नै जिल्लामा अझै ‘अस्वीकृत’ विश्वप्रकाश

कार्यकर्ता आए, नेता आएनन्

बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बुधबार भद्रपुर ओर्लन साथ भूई ढोगेर जिल्लामा निर्धारित कार्यक्रममा सहभागी हुन लागे । पहिले आफु नेविसंघको सभापति भएर काम गरेको मेची क्याम्पस पुगे । जहाँ राम थापाको शालिक समेत छ । शालिकमा माल्यार्पण गरे ।

भद्रपुर छोडेर बिर्तामोड प्रस्थान गर्दैगर्दा बाटोमा रहेको वीपीको शालिकमा पनि माल्यार्पण गरे । त्यसपछि विश्वप्रकाश सिधैं जिल्ला पार्टी कार्यालय बिर्तामोड पुगे । सयौं कार्यकर्ता अग्रसेन भवनमा उनको प्रतिक्षा गरिरहेका थिए । शर्मा सोझै पार्टी कार्यालय गएर आफैले रोपेको वृक्षमा पानी हाले । र, लेखे – जोजो जहाँ विजयी हुनु भएको छ । सबै मिलेर काम गरौं ।

त्यसपछि सिधैं अग्रसेन पुगेका शर्मामाथि शुभकामना दिनेहरु झुम्मिन थाले । निर्वाचित भएको पनि निकै समयपछि झापा आएका शर्मालाई देख्न चहाने, भेट्न चहाने र शुभकामना दिन चहानेहरुको राम्रै भीड थियो । जिल्लामा सालिन नेताका रुपमा स्थापित विश्वप्रकाश कार्यक्रम अवधिभर जिल्लाका नेता, कार्यकर्ताबाट शुभकामना ग्रहण गरिरहे । सहभागी कै दिर्घमा बसेका शर्माले सबैको शुभकामना ग्रहण गर्दै गर्दा जिल्ला नेतृत्व देख्न चाहीँ पाएनन् ।

कार्यक्रममा कार्यकर्ताको सहभागिता उत्साहजनक थियो, तर जिल्लाका नेतृत्वको अनुहार देखिएन । १४औं अधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित देउमान थेवे, प्रदेश सभापति उद्धव थापा कोहि पनि कार्यक्रममा भेटिएनन् ।

झापा र झापालीलाई सम्मान गर्न भन्दै आयोजना गरिएको कार्यक्रम विचार प्रचार अभियान संयोजन समितिले आयोजना गरेको हो । झापाबाट महामन्त्रीमा पहिलो पटक निर्वाचित झापाली कांग्रेस नेता जिल्लामा पहिलो पटक आउँदा जिल्ला पार्टी कार्यालयले भव्य कार्यक्रम आयोजना गर्नुपर्ने हो । तर, कार्यक्रममा सभापतिदेखि जिल्ला समितिका कोहि पनि सहभागी समेत भएनन् । कार्यक्रम आयोजनाका लागि विश्वप्रकाशले जिल्ला सभापतिलाई आग्रह नै गरेको उनका निकट कार्यकर्ताले बताए । सभापति देउमान थेवेले महत्वका साथ समय समेत नदिएको शर्मा पक्षधर एक युवा भन्छन् । जिल्ला समितिले आयोजना नगरेकै कारण विचार प्रचार अभिायनले कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा सम्बोधन गर्ने क्रममा पूर्व उपसभापति राम कट्टेलले जिल्लाका सभापति थेवे र प्रदेशका सभापति थापालाई नदेखेको भन्दै दुख व्यक्त गरे । उनीहरुलाई विश्वप्रकाशको जस्तो ठुलो मन बनाउन आग्रह गरेका छन् । विश्वप्रकाश चुनावमा पराजित हुँदा माला लगाइदिएर बधाई दिएको स्मरण गर्न आग्रह गरे । कट्टेलले भने– आफु पराजित हुँदा पनि थेवेलाई बधाई दिएर छुटेको जानकारी गराए ।

देशभर हाइहाई भइरहेका विश्वप्रकाशलाई यो महाधिवेशनमा कृष्ण सिटौलाले रोक्न नसकेको चर्चा भइरहेको छ । लामो समयदेखि सिटौलाको अवरोधले रोकछेकमा परेका शर्मालाई जिल्ला पार्टीले अझै शुभकामना दिन सकेन । झापा पार्टी शर्मालाई अझै स्वीकृत गर्न नचाहेको कार्यकर्तामाझ कुराकानी भएको छ ।

प्रकाशित मिति : पुष ७, २०७८ बुधबार  ७ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]