जेष्ठ ४, २०८१ शुक्रबार

झापा एमालेको अध्यक्षमा ४ जनाको चर्चा

बिर्तामोड । नेकपा एमाले झापाको अध्यक्षमा ४ जना आकांक्षी रहेको चर्चा शुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संकेत गरेको भन्दा तलमाथि हुने गरि नेतृत्वमा आकांक्षी देखिएका छन् ।

पार्टीको बुधबार बिर्तामोडमा बसेको बैठकपछि जिल्ला नेतृत्वमा आकांक्षी थपिएको बुझिएको छ । अध्यक्षको चर्चामा दिपक कार्की, शिव ढुङ्गेल, मदन अधिकारी र प्रेम गिरीको नाम बाहिर आएको छ । पार्टी अध्यक्ष ओलीले झापाको अध्यक्ष र सचिवमा लगभग नेतृत्व टुंङ्गाएको अवस्था थियो । तर, जिल्लामा अध्यक्ष बनेर काम गर्नेको नाम थपिएको छ ।

अध्यक्ष ओलीले कार्कीलाई अध्यक्ष र ढुङ्गेललाई सचिव बनाउने मनसाय बनाएको नेताहरु बताउँछन् । यता, मदन अधिकारी, प्रेम गिरी र शिव ढुङ्गेलले अध्यक्षमा बलियो दावी प्रस्तुत गर्न थालेका छन् ।

अध्यक्षमा कार्की, उपाध्यक्षमा गिरी, सचिवमा ढुङ्गेल, उपसिचवमा असारु राजवंशी र रेनुका डाँगी हुने गरि नेताहरु बिच सहमति भएको बुझिएको छ । तर, सहमतिपछि नेतृत्वबाट पदाधिकारी भित्रै रोक्ने काम भइरहेकाले अध्यक्षमा उम्मेद्वारी दिने नेताहरुले बताएका छन् ।
अध्यक्षमा आकांक्षी बढेपछि झापा एमालेमा निर्वाचन हुने छाँटकाट देखिएको छ । कार्की झापाको जिल्ला कमिटीमा ०५३ देखि ७१ सम्म, ढुङ्गेल ०६३ देखि हालसम्म, अधिकारी ६० देखि हालसम्म र गिरी ५७ देखि निरन्तर काम गरिरहेका व्यक्ति हुन् । यसमध्ये ढुङ्गेल विधार्थी राजनीतिबाट आएका हुन् भने अन्य नेताहरु पार्टी राजनीतिबाटै आएका हुन् ।

प्रकाशित मिति : पुष ८, २०७८ बिहीबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]