जेष्ठ ८, २०८१ मंगलबार

शनिवार अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठक बिर्तामोडको सिद्धार्थमा, अध्यक्ष ओलीले सम्बोधन गर्ने

बिर्तामोड । अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठक पहिलो पटक झापाको बिर्तामोडमा बस्ने भएको छ । पुस १० गते शनिवार बस्ने सचिवालय बैठकका लागि अनेरास्ववियुका नेताहरु झापा आउने क्रम जारी छ । केन्द्रीय अध्यक्ष सुनिता बराल बैठकका लागि बिहीवार नै झापा आइसकेको बुझिएको छ । बैठकको आवश्यक तयारी गरिएको सचिवालय सदस्य मनोज ताम्लीले जानकारी दिए ।

बिर्तामोडस्थित सिद्धार्थ होटलमा बस्ने बैठकलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । अध्यक्ष ओली शनिवार उर्लावारीको एक कार्यक्रममा सहभागी भएर अनेरास्ववियुको बैठकमा सम्बोधनका लागि आउने छन् ।

सचिवलाय बैठकले संगठन सुदृढिकरणका लागि योजना निर्माण गर्दै आन्तरिक कार्यक्रमहरु निर्माण गर्नेछ । अध्यक्ष बरालका अनुसार बैठकले प्रदेशको अधिवेशन, विधान अधिवेशन र संगठनको महाधिवेनको मिति तय गरिने छ । त्यसको तयारीका लागि बैठकले कार्यविभाजन समेत बुझिएको छ ।

प्रकाशित मिति : पुष ९, २०७८ शुक्रबार  १२ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]