जेष्ठ ४, २०८१ शुक्रबार

अन्तर्राष्ट्रिय अदालत जानुपर्ने भयले प्रचण्डले एमसीसीमा सहमति जनाए : अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि सङ्गिन आरोप लगाउनुभएको छ ।

एमसीसीको विरोध गर्दै आउनुभएका प्रचण्डले अन्ततः सहमति जनाएपछि गत आइतबार संसद्बाट पारित भएको थियो । अध्यक्ष बिजुक्छेले यो  घटनालाई तत्कालीन माओवादीको आह्वानमा भएको सशस्त्र द्वन्द्वसँग जोड्नुभएको छ ।

‘युद्धको नाममा १७ हजार मानिसको हत्या आरोप लागेका प्रचण्डमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रास’ले एमसीसीमा सहमति जनाएको उहाँले जिकिर गर्नुभयो ।

भक्तपुरको न्हुः पुखु (रानीपोखरी)को मङ्गलवार उद्घाटन गर्नुहुँदै अध्यक्ष बिजुक्छेले प्रचण्डको त्रासकै कारण एमसीसी पास भएको बताउनुभयो । 

जनताको इच्छा विपरीत संसद्ले हतार हतार एमसीसी पास गर्नु दुःखद भएको भन्दै उहाँले त्यसका विरुद्ध पार्टीले देशभर विरोध सभा गरेको बताउनुभयो । एमसीसी नेपाल र नेपालीका लागि घातक हुने उहाँको भनाइ छ ।

प्रकाशित मिति : फाल्गुन १८, २०७८ बुधबार  ७ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]