जेष्ठ ५, २०८१ शनिबार

राप्रपाबाट बिर्तामोडको मेयरमा चारको चर्चा, ठुला दललाई चुनौति

बिर्तामोड । झापाको मुख्य राजनीतिक केन्द्र मानिएको बिर्तामोड नगरपालिकामा राप्रपाले ठुला दललाई चुनौति दिने गरि निर्वाचनमा होमिएको छ । स्थानीय तहको निर्वाचन नजिकिदैँ जाँदा राप्रपाभित्र उम्मेद्वाहरुको चर्चा पनि चुलिएको छ ।

स्थानीय तहको अघिल्लो निर्वाचनमा बिर्तामोडको मेयरमा राप्रपाबाट भक्ति सिटौला उम्मेद्वार बनेका थिए । उनलाई नेकपा एमालेका तर्फबाट उम्मेद्वार बनेका धु्रव कुमार शिवाकोटीले पराजित गरेका थिए । सिटौलाले ६ हजार १ सय ७० मत गरेका थिए । शिवाकोटी ९ हजार १ सय १२ मत प्राप्त गर्दै मेयरमा निर्वाचित भएका थिए ।

स्थानीय तहको आगामी बैशाख ३० गते हुने निर्वाचनमा पुनःभक्तिप्रसाद सिटौला उम्मेद्वार बन्ने चर्चा चुलिएको छ । सिटौला पार्टीका केन्द्रीय सदस्य एवम् प्रवक्ता समेत हुन् । उनी लामो समय नेपाली कांग्रेसको राजनीतिबाट राप्रपाको राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् । बिर्तामोडमा लोकप्रिय मानिएका सिटौलाले बिर्तामोडमा माओवादीको भन्दा दोब्बर मत प्राप्त गरेका थिए ।

राप्रपाको तर्फबाट भक्ति सिटौला, सामाजिक व्यक्तित्व राजकुमार पोखरेल, पार्टीको वर्तमान नगर अध्यक्ष रञ्जु प्याकुरेल र जिल्ला उपाध्यक्ष धु्रव उप्रेती मेयर पद्का दावेदार हुन् । उप्रेती संविधानसभाको दोस्रो निर्वाचनमा झापा क्षेत्र नं. ४ बाट उम्मेद्वार बनेका थिए ।
यस्तै, राजकुमार पोखरेल बिर्तामोडका लोकप्रिय सामाजिक व्यक्तित्व हुन् । उनी तत्कालिन अनारमनी गाविस वडा नं. ४ का वडाध्यक्ष समेत हुन् ।

झापामा तेस्रो शक्ति बनेको राप्रपा आउँदो निर्वाचनमा थप जीत हासिल गर्ने गरि तयारीमा लागेको छ । निर्वाचन केन्द्रीत अभियानमा क्रियाशिल रहेको राप्रपाले नेकपा एमालेलाई मुख्य प्रतिस्पर्धीको रुपमा ठानेको छ ।

हल्दिवारी र गौरीगञ्जमा अध्यक्ष, कचनकवलमा अध्यक्ष, उपाध्यक्ष जितेको राप्रपाले दमकमा २, बिर्तामोडमा १, १, कचनकवलमा ३ वटा वडाध्यक्ष जितेको थियो । कचनकवलमा पूर्ण बहुमत रहेको राप्रपाले हल्दिवारीमा ६, दमकमा ४ र कचनकवलमा २२ सदस्य जितेको राप्रपा झापाका अध्यक्ष केशव ओझाले जानकारी दिए । अध्यक्ष ओझाका अनुसार ०७४ को स्थानीय तह निर्वाचनमा झापामा एमाले र कांग्रेसपछि राप्रपाले धेरै सिट जितेको थियो ।

प्रकाशित मिति : चैत्र १६, २०७८ बुधबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]