जेष्ठ ५, २०८१ शनिबार

मोहनमायामा कम्प्यूटर हाडवेयर तालिम

बिर्तामोड । बिर्तामोडको मोहनमाया माध्यमिक विद्यालयमा जुनियर कम्प्यूटर हाडवेयर टेक्निसियन तालिम शुरु भएको छ ।

झापामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी ) प्रदेश कार्यालय प्रदेश नं. १ को आर्थिक सहयोगमा निःशुल्क सीपमूलक तालिम शुरु सञ्चालन भएको छ । तह–१ (३९० घण्टा) जुनियर कम्प्यूटर हाडवेयर टेक्निसियन तालिम मंगलवारबाट शुरु भएको प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी दिए ।

वि.ब्य.स. अध्यक्ष नारायण राजबंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विर्तामोड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारीले कम्प्यूटर शिक्षा आजको अपरीहार्य आवश्यकता भन्दै समय सिमाभित्र पाठ्यक्रमले तोकेको सम्पूर्ण सीप तथा तालिम उत्सुकुताका साथ सिक्न आग्रह गरे ।

वि.व्य.स. सदस्य शिक्षक प्रतिनिधि अनिता कार्की बस्नेतले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले प्रकाश पारेका थिए । विद्यालयका सूचना अधिकारी समेत रहेका शिक्षक डम्बरू बल्लभ ओझाले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : चैत्र २२, २०७८ मंगलबार  ७ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]