बैशाख २१, २०८१ शुक्रबार

सुर्यलाई छेक्ने ल्याकत गठबन्धनसँग छैन : नेम्वाङ

शनिश्चरे । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पार्टीको विरुद्धमा लागेर सरकार ढाल्नेहरुलाई निर्वाचनमा जनताले सजाय दिने बताएका छन् । अर्जुनधारा ८ नं. वडा कमिटीले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले आफ्नै दुई तिहाई बहुमतको सरकारलाई ढालेर गठबन्धन बनाउनेहरुलाई अवश्व सजाय मिल्ने ठोकुवा गरे ।

संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङले जनताको मन जित्ने पार्टी एमाले भएकै कारण देशभर पार्टी प्रवेशको लहर आएको बताए । उनले समृद्धि नेपाल, सुखी नेपालीको महाअभियान सञ्चालन गरेको पार्टी एमाले निर्वाचनबाट फेरि पनि ठुलो शक्ति बन्ने दावी गरे ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले अबको निर्वाचनपछि एमाले सिंहदरबारको मुल ढोकाबाट प्रवेश गरेर सरकार बनाउने भन्दै सुर्यलाई कसैले छेक्न नसक्ने बताएका छन् । उनले सरकार, संसद् र न्यायालय बेकम्मा भएको दुनियाँलाई थाहा भइसकेको बताए ।

आसन्न निर्वाचनमा गठबन्धनलाई जनताले सयौं प्रश्न गर्नेछन्, उनले भने – जनताको जवाफ गठबन्धनसँग छैन । जनता झुक्याउन गठबन्धन गरेको उनको भनाई थियो । संविधान बनाउने एमालेप्रति जनताको आशिर्वाद रहेको भन्दै उनले देशका ठुला उधोगहरु बेच्ने, चिया निगमहरु बेच्नेहरुलाई कसैले भोट नदिने ठोकुवा गरे । उनी भन्छन्, जनताले गठबन्धनलाई नमज्जाको सजाय दिने निश्चित छ ।
देशभर सञ्चालन भएको पार्टी प्रवेशको कार्यक्रम एमाले पूर्ववत अवस्थमा फर्किएको उनको भनाई छ । एमाले पुरानै अवस्थमा फर्किसक्यो, अब गठबन्धनको केहि चल्ने छैन । बृद्धबृद्धाले माया गर्ने पार्टी एमाले, महिलाहरुले रोजेको एमाले भएकाले देश एमालेमय भइसकेको नेता नेम्वाङले बताए ।

वडा कमिटीले आयोजना गरेको कार्यक्रममा शनिश्चरे बजारमा पुराना व्यवसायी एवम् नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि मोहम्मत हासिम एमाले प्रवेश गरेको छन् । सोही अवसरमा वडाबाट विभिन्न पार्टी परित्याग गरि ११३ जना एमाले प्रवेश गरेको वडाका नेता कुमार उप्रेतीले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र २५, २०७८ शुक्रबार  १२ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]