बैशाख २०, २०८१ बिहीबार

एमाले अध्यक्ष ओली लारुम्वा प्रस्थान

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली इलामको लारुम्वा प्रस्थान गरेका छन् । मंगलवार झापा आएका उनी आज इलामका दुई कार्यक्रममा सहभागी भएर झापा फर्किने कार्यक्रम रहेको छ ।

अध्यक्ष माङ्सेवुङस्थित किराँत धर्मको आस्था मानिने लारुम्बा प्रस्थान भएका हुन् । झापाको बिर्तामोडस्थित होटल सिद्धार्थ बसेका उनी संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसहित नेताहरु लिएर १० बजे लारुम्बा प्रस्थान गरेका छन् ।

उनले किराँतधर्म गुरु आत्मानन्द लिङ्देनसँग भेट गर्ने पहिलो कार्यक्रम रहेको छ । भेटघाटसँगै आशिर्वाद थापेर ओली माई नगरपालिकाको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने बुझिएको छ । दिउँसो साढे १ बजेलाई माई नपाको सभालाई सम्बोधन गरेर झापा फर्किने ओलीले ४ बजे कनकाई नगरको सुरुङामा आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कनकाईको सभालाई सम्बोधन गरेर आज साँझ काठमाडौं फर्किने कार्यक्रम रहेको एमाले नेताहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार  १० : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]