बैशाख २१, २०८१ शुक्रबार

माओवादीका कर्मचारी नेता एमाले प्रवेश

बिर्तामोड । नेकपा माओवादी केन्द्रको भातृसंगठन राष्ट्रिय कर्मचारी संगठन दुग्ध विकास संस्थानका केन्द्रीय सदस्य ओमकार खरेल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ निवासी खरेल शुक्रवार एमालेमा प्रवेश गरेका हुन् । संस्थान राष्ट्रिय समितिको केन्द्रिय सदस्यसमेत रहेका खरेल वडा नम्बर ७ मा आयोजना गरिएको चुनावी प्रचार अभियान अन्तर्गतको कार्यक्रममा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका हुन् । खरेलले मुलुक अब माओवादी केन्द्रबाट सञ्चालन हुन नसक्ने र जनताको पार्टी नेकपा एमालेमात्र भएकोले पार्टी परित्याग गरि एमाले प्रवेश गरेको बताए । उनले जसको विरुद्वमा संघर्ष गरियो उसैसंग घाँटी जोड्नु दुखद् रहेको भन्दै माओवादी केन्द्रको मुलुकमा कुनै अस्तित्व नरहेको धारणा राखे ।

खरेललाई राष्ट्रिय सभाका पूर्वसदस्य हरिचरण शिवाकोटी, प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, प्रदेश सांसद एकराज कार्की, नेकपा एमाले बिर्तामोड नगर कमिटीका इञ्चार्ज देवराज कार्कीले नेकपा एमालेमा स्वागत गरेका थिए । स्थानीय तहको निर्वाचन नजिकिएसंगै अन्य पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको छ ।

प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]