जेष्ठ ४, २०८१ शुक्रबार

अकास्मात झापा आइपुगे ओली, मंगलवार चार सभालाई सम्बोधन गर्ने

बिर्तामोड । एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ झापा आएका छन् । पोखरा, ललितपुर,किर्तिपुर र जाउलाखेलका सभामा सम्बोधन गरेर ओली गृह जिल्ला आएका हुन् । उनी मंगलवार झापा आएर बस्ने तयारी थियो । सोमबार नै गृह जिल्ला आएका ओली दमकमा बसेका छन् ।

मंगलवार अध्यक्ष ओलीले झापाका चार पालिकासहित पाँच ठाउँमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विहान साढे ८ बजे उत्तरी मोरङको मिक्लाजुङ, साढे ९ बजे झापाको गौरीगञ्ज, साढे १० बजे कमल, साढे ११ बजे दमक र १ बजे गौरादहमा सम्बोधन गरेर साढे २ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको अनेरास्ववियुको केन्द्रीय अध्यक्ष सुनिता बरालले जानकारी दिइन् ।

सोमवार चार वटा सभालाई सम्बोधन गरेर गृह जिल्ला आएका अध्यक्ष ओलीले प्रचारप्रसारको अन्तिम दिन काठमाडौंबाट चुनावी सभाका कार्यक्रमको मैजारो गर्ने भएका छन् ।

प्रकाशित मिति : बैशाख २६, २०७९ सोमबार  १० : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]