जेष्ठ ४, २०८१ शुक्रबार

बिर्तामोडबासीको मनमनमा पवित्रा

बिर्तामोड । नेकपा एमालेले बिर्तामोड नगरपालिकाको मेयरमा लोकप्रिय उम्मेद्वार उठाएपछि यहाँका मतदातामा वेग्लै उत्साह छ । उपमेयर भएर उनले गरेका कामप्रति जानकार यहाँका आम मतदाताले पवित्रा महतरालाई मेयर भएको हेर्न चाहेका छन् ।

बिर्तामोडमा लामो समयदेखि सामाजिक एवम् राजनीति सेवा मार्फत नगरबासीको दुख, सुखमा सधैं सँगै रहने महतराले पाँच वर्षे कार्यकालमा गरेका कुशल कार्यसम्पादनका कारण पार्टीले उनैलाई अघि बढायो । मेयर पद्मा अन्य आकांक्षीहरु समेतले महतरालाई अघि बढाएपछि उनको अभियानले रफ्तार पाएको छ ।

राजनीतिक दलहरुको प्राथमिकतामा पर्ने बिर्तामोड नगरपालिकामा उनले हजारौं मतान्तरले जीत हासिल गर्ने एमालेको बुझाई छ । पाँच वर्षको कार्यकालमा नगरबासी बिच अत्यन्तै लोकप्रिय जनप्रतिनिधिको पहिचान बनाउन सफल महतराले न्याय सम्पादन मार्फत बिर्तामोडलाई प्रदेशभर चिनाउन सफल भइन् । उनले बिर्तामोडलाई न्याय सम्पादनमा सधैं उत्कृष्ट बनाईन् । बिर्तामोडमा उपमेयर भएर उनले गरेका कामका कारण नगरवासीको मनमनमा बस्न सफल भएकी छन् ।

नगरको उपप्रमुखको नेतृत्वमा रहँदा उनी कहिल्यै विवादमा परिनन् । विवाद रहित नेतृत्व सम्हाल्ने क्रममा उनले कार्यकालको बिचमै ठुलो दुर्घटना सहनु परेको थियो । बिर्तामोडका अत्यन्तै लोकप्रिय राजनीतिक एवम् सामाजिक रुपमा स्थापित श्रीमान ज्ञानुराम प्रसाईको दुर्घटनामा निधन भयो । श्रीमानको निधनपछिको पीडामा समेत नगरवासीको सेवामा अनवरत क्रियाशिल महतराले श्रीमानले देखेको सपना समेत पुरा गर्ने संकल्प गरेकी छन् । बिर्तामोडमा सबै क्षेत्रको नेतृत्व गर्ने ज्ञानुरामको निधनपछि उनको जिम्मेवारी समेत आइलागेको छ । बिर्तामोडलाई समृद्ध बनाउने श्रीमानको सपनालाई साकार बनाउने दायित्वका साथ चुनावी मैदानमा होमिने पवित्रा महतराले बिर्तामोडलाई मुलुककै उत्कृष्ट नगर बनाउने प्रतिबद्धता जनाएकी छन् ।

नगर रिङ रोड, बुधबारे हाट र कृषिथोक बजारमा बहुउद्देश्यीय कम्प्लेक्स निर्माण, विपन्न परिवारलाई आवास, अदुवा खोला करिडोर निर्माण, डोमालाल राजवंशी रंगशालालाई खेलकुद ग्राम बनाउने लगायतका सयौं योजनाका साथ उनले मेयरमा उम्मेद्वारी दिएकी हुन् ।

घरदैलोमा मतदाताको उत्साहजनक माया पाएको बताउने उनले बिर्तामोडबासी महिलाहरुको पूर्ण सहयोग पाइरहेको बताइन् । गठबन्धनले दुवै पदमा महिलालाई उम्मेद्वार नबनाएपछि रिसाएका नगरवासी पवित्रा महतराको विजयको कामना गरिरहेका छन् । ०७४ को निर्वाचनमा उनले १०४३४ मत प्राप्त गरेकी थिइन् ।

प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार  ९ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]