जेष्ठ ७, २०८१ सोमबार

झापामा आजदेखि मादक पदार्थ विक्री वितरण गर्न रोक

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले मादक पदार्थ विक्री वितरण र सेवन गर्न निषेध गरेको छ । प्रशासन कार्यालयले एक सूचना जारी गर्दै मादक पदार्थ निषेध गरेको हो ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका ,२०७८ को दफा ६ (थ) मा भएको व्यवस्था बमोजिम २७ गते (आज) राती १२ बजेदेखि निर्वाचन परिणाम सार्वजनिक नभएसम्म विक्री वितरणमा रोक लगाइएको छ ।

प्रशासनको सूचनालाई वेवास्था गरी विक्री वितरण गरेको पाइएमा कानुन बमोजिम कारवाहीसहित जरिवाना हुने बताइएको छ ।

प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार  ९ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]