जेष्ठ ४, २०८१ शुक्रबार

एमाले नेतृत्वले बिर्तामोडमा ५० वर्षको रुपरेखा कोर्नेछ : भट्टराई

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईले बिर्तामोड नगरपालिकालाई सुखी बिर्तामोड, समृद्धि बिर्तामोड बनाउने बताएका छन् ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबाट निर्वाचित एमाले नेतृत्वको स्थानीय सरकारले नगरलाई सुखी र समृद्धि बनाउनका काम गर्ने बताए । अध्यक्ष भट्टराईले नगरको सानो बजेट हुने भए पनि १० वटै वडामा समानन्तर तरिकाले वितरण गरेर काम अघि बढाइने बताएका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले सुशासनका लागि काम गर्ने बताउँदै उनले फेरि एक पटक सूर्य चिन्हमा मतदान गर्न सबैसँग आग्रह गरेका छन् ।

अध्यक्ष भट्टराईले अवको ५ वर्षमा एमाले नेतृत्वको सरकारले गरिब, सुकुम्वासी, सिमान्तकृत, कृषक, युवा विद्यार्थी लगायत सबै क्षेत्रमा महत्वपुर्ण काम गरेर देखाउने बताए । उनले नगरप्रमुख पवित्रा महतारा प्रसाई नेतृत्वको सरकारले अवको ५० वर्षसम्ममा बिर्तामोडको आर्थिक समृद्वि, उद्योग कलकारखाना, व्यापार व्यवसाय, कृषि लगायतका क्षेत्र कस्तो हुने भन्नेबारेमा बाहिरबाट विज्ञ ल्याएर भए पनि यहाँ भएका उद्यमशिलताहरुलाई योजनावद्व तरिकाले अघि बढाउने बताएका छन् । अवको ५ वर्षपछि मत माग्न जाँदा एमाले नै विकास गर्ने पार्टी रहेछ भन्ने जनतालाई प्रमाणित गरेर देखाउने पनि उनको भनाई छ ।

नेकपा एमाले नेतृत्वको सरकारले यसअघि पनि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिको क्षेत्रमा धेरै काम गरेको बताउँदै अध्यक्ष भट्टराईले एमालेमात्रै देशको विकास प्रेमी पार्टी रहेको बताए । अब निर्वाचित एमाले सरकारले यस अघिका अधुरा कामहरुलाई पुरा गर्ने र घोषणा पत्रमा समावेस गरिएका विषयहरुलाई प्रतिवद्वताका साथ कार्यान्वयन गरिने जानकारी दिए ।

प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार  ९ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]