जेष्ठ ५, २०८१ शनिबार

झापाको बिर्तामोडमा मेयर, उपमेयरसहित ६ वटा वडामा एमाले निर्वाचित

बिर्तामोड । नेकपा एमालेले विर्तामोडमा मेयर, उपमेयरसहित बहुमत वडा जितेको छ । एमालेको मेयरको उम्मेद्वार पवित्रा महतरा र उपमेयरमा नगेन्द्र संग्रौला निर्वाचित भएका छन् ।

बिर्तामोडमा यसअघि पनि एमालेले मेयर, उपमेयर जितेको थियो । बिर्तामोडमा एमालेले वडा नं. १ मा अग्नि पाण्डे, वडा नं.२ मा किशोर पौडेल, वडा नं. ३ मा मदन बुढाथोकी, वडा नं. ४ राहुल शर्मा, वडा नं. ७ मा अविरल कृष्ण खरेल, वडा नं. ९ हरि प्रसाद चौलागाई र वडा नं. ५ कांग्रेसका रोहित प्रसाई, वडा नं. ६ मा सुर्य कन्दङ्वा, वडा नं. ८ मा राप्रपाका अजय कार्की र वडा नं. १० मा कांग्रेसका दुर्योधन गुरुङ निर्वाचित भएका छन् ।

बिर्तामोडमा एमाले विरुद्धको गठबन्धन पराजित भएको छ । पाँच वर्षका लागि बिर्तामोड बनाउने जिम्मा एमालेको काँधमा आएको छ ।

प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार  १ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]