जेष्ठ ७, २०८१ सोमबार

दोस्रो कार्यकालका लागि पाण्डेको पदबहाली

बिर्तामोड । दोस्रो कार्यकालका लागि बिर्तामोड–१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले पदबहाली गरेका छन् । बुधबार वडाध्यक्ष पाण्डेसहित नवनिर्वाचित जनप्रतिनिधि वडा कार्यालय प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका उम्मेद्वार बलराम कार्कीलाई पराजित गर्दै पाण्डे दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनलाई दोस्रो कार्यकालका लागि वडाबासीले अनुमोदित गरेका छन् ।

निर्वाचित वडाध्यक्षसहित सदस्यहरुलाई वडा सचिव टिका अधिकारी र टोल विकास संस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए । वडा प्रवेश गर्दै पाण्डेले पहिलो कार्यकालभन्दा थप रचनात्मक हिसावले जनताको सेवा गर्दै जाने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : जेष्ठ ११, २०७९ बुधबार  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]