जेष्ठ ३, २०८१ बिहीबार

किरात राई चलचित्रकर्मी संघ झापाको नयाँ समिति

बिर्तामोड । किरात राई चलचित्रकर्मी संघ झापा जिल्ला समितिकोे दोस्रो साधारण सभा शनिबार विर्तामोडमा सम्पन्न भएको छ । धरानसहित मोरङ जिल्लामा नयाँ कार्यसमिति चयन गर्दै किरात राई चलचित्र कर्मी संघ केन्द्रबाट आएका पदाधिकारीहरुको बिशेष उपस्थितिमा उक्त कार्यक्रम आयोजना सम्पन्न भएको हो । कार्यक्रमको सभापतित्व निवर्तमान अध्यक्ष भुवनसिंह राईले गरेका थिए ।

उक्त कार्यक्रममा श्याम बहादुर राईको अध्यक्षतामा १३ सदस्यको नयाँ जिल्ला कार्य समितिको गठन गरिएको छ । दुई उपाध्यक्ष ससिता राई र मिलन बान्तावा राई, महासचिव सुनिता तामाङ राई, सचिव एलिना राई, कोषाध्यक्ष रविकिरण बान्तावा राई, चयन भएका छन् । सदस्यहरुमा जिमीहाङ राई, मेरी राई, यमुना राई, प्रविन राई, विकास राई, समिता राई र आषिस राई सर्वसहमत चयन भए ।

प्रमुख अथिति किरात राई चलचित्र कर्मी संघका केन्द्रीय अध्यक्ष केशव राई (युप्श) ले संस्थाको उदेश्य र भावी योजनाको विषयमा प्रष्ट पारेका थिए । नेपालमा रहेका हरेक आदिवासी जनजातिको संस्कार, संस्कृति र भाषा नेपालको गहना रहेको उनले जानकारी गराएका थिए । संस्थाले आदिवासी जनजाति समुदायको संस्कार र सस्कृति समेटेका चलचित्रहरु प्रति राज्यको ध्यानाकर्षण गराउनु पर्नेमा बिषेश जोड दिए ।

किरात राई चलचित्रकर्मी संघ झापाका निवर्तमान अध्यक्ष भुवनसिंह राईले आफ्नो कार्यकालमा किरात राई लघु चलचित्र नाँगा, जनजाति चलचित्र लुङा जस्ता चलचित्रको निर्माण र आदिवासी जनजाती चलचित्र अन्तरक्रिया
सुनिता तामाङ राईले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रमको सञ्चालन निवर्तमान महासचिव किरण राईले गरेका थिए ।

प्रकाशित मिति : असार ५, २०७९ आईतबार  ९ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]