जेष्ठ ६, २०८१ आईतबार

अनारमनीका विधार्थीलाई व्याग वितरण

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा रहेको अनारमनी आधारभूत विद्यालयमा अध्ययनरत विद्याथीलाई ब्याग वितरण गरिएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका २ सय ५ जना विद्यार्थीलाई समाजिक अभियन्ता डिल्लीकुमार गुरुङले स्कुल ब्याग वितरण गरेका हुन् । जन्मदिनको अवसर पारेर ब्याग वितरण गरेको गुरुङले जानकारी दिए । कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले यस क्षेत्रका अभिभावक र विद्यार्थीहरुलाई सहज होस् भन्ने उदेश्यले व्याग वितरण गरेकोमा दाताहरुलाई धन्यवाद दिइन् । उनले यस विद्यालयको विकासमा प्रधानाध्यापक टंक कटुवालको भुमिका सह्रानीय रहेको भन्दै प्रशंसा गरिन् । नगरमा पर्याप्त बजेट नहुँदा विद्यालयको प्राविधिक तथा भौतिक क्षेत्रमा अपेक्षाकृत सफलता हासिल गर्न नसकिएको धारणा व्यक्त गर्दै उनले नगरमा शिक्षा ऐन नभएका कारण पनि काम गर्न कठिनाई भइरहेको बताइन् । उनले ऐन निर्माणमा जुटिरहेको पनि बताएकी छन् ।

कार्यक्रममा बोल्दै नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले अति विपन्न परिवारका विद्यार्थीहरु पढ्ने विद्यालयलाई छनोटगरी आवश्यक पर्ने आधारभूत सामग्री वितरण गरेकोमा अभियन्ता गरुङलाई धन्यवाद दिए । कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भटट्राई, वडानम्बर ४ का वडाध्यक्ष राहुल शर्मा, दाता टिकाराम गुरुङ लगायत शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : असार २३, २०७९ बिहीबार  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]