बैशाख २१, २०८१ शुक्रबार

साहित्य चौतारीले वार्षिकोत्सवमा राईलाई सम्मान गर्ने

बिर्तामोड । साहित्य चौतारी झापाले २३औं वार्षिक उत्सव तथा २०९ औँ भानु जयन्तीको अवसरमा शास्त्रीय संगीतका धुरन्धर विद्वान प्रशिक्षक गुरु बिराटनगर निवासी कुशेश्वर राईलाई विशिष्ट संगीत सम्मान गर्ने भएको छ । साहित्य चौतारीले वार्षिकोत्सवलाई संगीत बर्षको रुपमा मनाउने पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

साहित्य चौतारी झापाले आगामी असार ३१ गते शुक्रबार विविध कार्यक्रम गरी २३औं वार्षिक उत्सव तथा २०९ औँ भानु जयन्ती मनाउने भएको हो । साहित्य चौतारी झापाले यस वर्ष संगीत वर्षको रुपमा मनाउने साहित्य चौतारी झापाका संस्थापक-संरक्षक देवीभक्त श्रेष्ठले जानकारी दिए ।

नौमती बाजासहित साहित्यकारहरुको र्यालीले बिर्तामोड नगर परिक्रमा गरिने उनले बताए । उनले साहित्य चौतारीले २०८१ सालमा रजत महोत्सव मनाउने, झापा गोल्डकप अन्तर्गत ५ लाखको अक्षयकोष राखेर त्यसको व्याजबाट खेलाडीलाई खेलकुद पुरस्कार दिइने, मासिक काव्यसभालाई निरन्तरता दिनेलगायतका योजना जानकारी गराएका थिए । साहित्य चौतारीको सभाहलमा लोक तथा लोकदोहोरी गायक इलामे श्रष्टा देवीप्रसाद गौतमको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा गायन, नृत्य, कविता वाचनलगायतका साहित्यिक तथा साँगितिक प्रस्तुति रहने उनले बताए ।

प्रकाशित मिति : असार २७, २०७९ सोमबार  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]