बैशाख २१, २०८१ शुक्रबार

झापामा हरेक दिन कोरोना संक्रमण बढ्दै

बिर्तामोड । झापामा हरेक दिन कोरोना भाइरस संक्रमण पुष्टि हुन थालेको छ । भारतबाट नेपाल प्रवेश गर्नेहरुमा कोेरोना संक्रमण देखिरहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार असार २० गतेदेखि २७ गतेसम्म १२ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु सबै भारतबाट नेपाल आउनेहरु रहेका छन् । सोमबार १० जनाले पीसीआर गरेका थिए भने ६२ जनाको एन्टिजेन गरिएको थियो ।
झापाको मेची अस्पताल, पूवी सिमा काँकडभिट्टा र कोटिहोमको पीसीआर ल्यावमा कोरोना भाइरस संक्रमण जाँच भइरहेको छ । सीमा नाकामा एन्टिजेन र अन्य ठाउँमा पीसीआर गरिने घिमिरेले जानकारी दिए ।

प्रमुख घिमिरेले कोरोनाबाट सुरक्षित हुन मास्कको अनिवार्य प्रयोग गर्न समेत आग्रह गरेका छन् । उनले कोरोना विरुद्धको खोप नलगाएको भए तत्कालै खोप लगाउन समेत आग्रह गरेका छन् । जिल्लामा खोपको अभाव छैन, उनले भने – खोप लगाउन कोहि पनि नछुट्नुहोस् ।

स्वास्थ्य कार्यालय झापाको तथ्याङक अनुसार १८ वर्षमाथि ३ लाख ९३ हजार ६ सय ८३ जनाले बुस्टर डोज लगाइसकेका छन् भने १२ देखि १७ वर्ष उमेर समूहका १ लाख ८५ हजार ९ सय १८ जनाले बुस्टर डोज लगाएका छन् । जिल्लामा कोरोनाकै कारण ६७२ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : असार २७, २०७९ सोमबार  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]