बैशाख २०, २०८१ बिहीबार

बिर्तामोडले एक वर्षअघि नै २० लाख ५१ हजार बेरुजु फछ्र्यौट गरिसक्यो : प्रवक्ता पाण्डे

बिर्तामोड । बिर्तामोड नगरपालिकाले २० लाख ५१ हजार ६८७ रुपैयाँ बेरुजु फछ्र्याैट गरिसकेको जनाएको छ । जनप्रतिनिधि र कर्मचारीहरुले सेवा सुविधा सम्बन्धी प्रदेश कानुन नभएको समयमा लिएको सुविधामा देखिएको बेरुजु फछ्र्यौट गरिसकेको जनाएको हो ।

आज एक विज्ञप्ति सार्वजकि गर्दै बिर्तामोड नगरपालिकाले तत्कालिन जनप्रतिनिधि र कर्मचारीले लिएको सेवा सुविधामा महालेखा प्रतिवेदन ०७६-७७ मा उल्लेख भएको बेरुजु फछ्र्यौट भइसकेको स्पष्ट पारेको छ । नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले कर्मचारीहरुको भत्ता र जनप्रतिनिधिहरुको सेवा सुविधा सम्बन्धी प्रदेश कानुन निर्माण नभएकाले पछि बनेको प्रदेश कानुन अनुसार खाइपाई आएको सुविधामा देखिएको बेरुजु २०७८ मै फस्र्यौट भइसकेको जानकारी दिए । उनले स्थानीय सरकारको बद्नाम गर्ने उद्देश्यले पुरानो र फछ्र्यौट भइसकेको विषयलाई फेरि बल्झाउन खोजेको आरोप लगाएका छन् ।

उनले चरित्र हत्या गर्ने मनसायबाट ग्रसित पत्रकारिता सामाजका लागि हितकर नहुने प्रतिक्रिया दिएका छन् । पाण्डेले भने – समाधान भइसकेको विषयलाई उचाल्नु नागरिकमा भ्रम छर्नु मात्रै हो ।

प्रकाशित मिति : श्रावण ९, २०७९ सोमबार  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]