जेष्ठ ४, २०८१ शुक्रबार

मेची अस्पताललाई मेडिकल कलेज बनाउन माग

भद्रपुर । मेची प्रादेशिक अस्पतालको सुधारका लागि ज्ञापन पत्र बुझाइएको छ । मेची प्रादेशिक अस्पताल सुधार समितिले आइतवार अस्पताल विकास समितिलाई ३५ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको हो ।

सुधार समितिका अध्यक्ष दीपक तिम्सिना, नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारी, नेकपा माओवादी केन्द्र झापा क्षेत्र नं. ३ का अध्यक्ष डिल्ली घिमिरे हिक्मत लगायतको टोलीले अस्पताल विकास समितिका अध्यक्ष विश्व बराल र मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाराकोटीलाई उक्त ज्ञापन पत्र बुझाएको छ । अस्पतालका विविध क्षेत्रमा सुधार गर्दै स्वास्थ सेवालाई चुस्त–दुरुस्त र नियमित बनाउने उद्देश्यले ज्ञापन पत्र बुझाएको समितिले जनाएको छ ।

‘मेची अञ्चलकै सबैभन्दा पुरानो मेची प्रादेशिक अस्पतालले आम जनसमुदायलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको सर्वविदितै छ । मेची प्रादेशिक अस्पताल भद्रपुरको मात्रै नभएर आम झापा तथा मेची अञ्चलकै गौरव र निम्न आय भएका आममानिसको स्वास्थ सेवा लिने निर्विकल्प स्वास्थ्य संस्था पनि हो’, ज्ञापन पत्रमा भनिएको छ, ‘स्वास्थजस्तो संवेदनशील सेवा दिइरहेको उक्त अस्पताल विगत लामो समयदेखि विविध कारण अस्तब्यस्त मात्रै छैन, अस्पताल विकास समितिको हेलचेक्र्याइँँ तथा चिकित्सक र कर्मचारीको लापरबाहीले आममानिस स्वास्थ सेवाबाट नै विमुख हुनुपर्ने दुःखद् अवस्था उत्पन्न भइरहेको छ ।’

अस्पताल विकास समितिका अध्यक्ष विश्व बरालले अस्पतालको सुधारका लागि केही कामको थालनी गरिएको र केही थाल्न लागिएको बताए । सुधार समितिले स्वास्थ्य मन्त्रालय, प्रदेश नं. १, जिल्ला प्रशासन कार्यालय झापा र भद्रपुर नगरपालिकालाई बोधार्थ समेत दिएको भने आफ्ना २१ माग पूरा नभए कडा संघर्षका कार्यक्रम ल्याउने जनाएको छ ।

प्रकाशित मिति : श्रावण १५, २०७९ आईतबार  ६ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]