जेष्ठ ४, २०८१ शुक्रबार

झापामा अवैध कपडा र जुत्ता बरामत, धनी गुपचुप

बिर्तामोड । प्रहरीले झापामा भन्सार छलेर भित्राएको कपडा र जुत्ता बरामत गरेको छ । आज मेचीनगर ६ बाट प्रहरीले डेढ लाखको अवैध सामग्री बरामत गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज विहान साढे १० बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर –६ गैरी गाँउमा नेपाल तर्फ ल्याउदैं गरेको साडी, कुर्था सुरुवाल, कुर्ती, लेगिज,सटको थान कपडाहरु र साँझमा नेपाल ल्याउदै गरेको स्पोर्टस सुज बरामत गरिएको प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए । एक लाख ६ हजारको कपडा र ६० हजारको स्पोर्टस् सुज बरामत गरी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाएको झापा प्रहरीले जनाएको छ ।
उक्त अवैध सामग्री धनीका बारेमा प्रहरीले केहि पनि खुलाएको छैन ।

प्रकाशित मिति : श्रावण १५, २०७९ आईतबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]