जेष्ठ ४, २०८१ शुक्रबार

लाखौंको बिजुली चलाएर पैसा नतिर्ने बिर्तामोडका उद्योगको लाइन काटियो

बिर्तामोड । नेपाल विद्युत प्राविधिकरण अनारमनी वितरण केन्द्रले महसुल नबुझाउने उद्योगको लाइट काटेको छ । होटल र उधोगहरुको लाइन महसुल नबुझाएकै कारण काटिएको अनारमनी वितरण केन्द्रले जनाएको छ ।

साउन लागेपछि बिर्तामोडस्थित होटल डाउनटाउनको लाइन काटिएको अनारमनी वितरण केन्द्रका सूचना अधिकारी दिपक ढकालले जानकारी दिए । उनका अनुसार होटलले ६ लाख ८१ हजार ११५ रुपैयाँ ३९ पैसा बुझाउन बाँकी रहेको छ । कार्यालयको तर्फबाट पटक–पटक ताकेदा हुँदा पनि महसुल नबुझाए पछि लाइन काटिएको हो , ढकालले भने ।

यस्तै, अनारमनी वितरण केन्द्रले बिर्तामोडको रारा चिया उद्योग, गिताञ्जली भेनियर उधोगको लाइन काटिएको जनाएको छ । राता चियाले १७ लाख ८ हजार २४६ रुपैयाँ ८७ पैसा र गिताञ्जली भेनियरले १० लाख ३५ हजार २५८ रुपैयाँ ३० पैसा महसुल बुझाउन बाँकी रहेको छ । ताकेता गर्दा केहि रकम समेत नआएका कारण प्रक्रिया बमोजिम लाइन काटिएको हो, उनले भने । यस्तै, एन.एम बोटलिङ उद्योग लाइन काटिनबाट बचेको छ । केहि रकम बुझाएर क्रमशः महसुल बुझाउने प्रतिवद्धता जनाएपछि प्राविधिकरणले सर्तमा लाइन चालु राखेको जनाएको छ । ७ लाखभन्दा बढि रकम बक्यौता देखिए पनि एन.एमको लाइन काटिएको छैन ।

अनारमनी वितरण केन्द्र मातहतका शाखा, प्रशाखामा १ लाख देखि ५ लाखसम्म महसुल नबुझाउनेहरु कमै रहेको बताइएको छ । केहिले नियमित नबुझाएको खण्डमा पटक–पटक गरेर बुझाउने सुविधा दिइएको छ । पटक–पटक गरेर बुझाउनेहरुको लाइन काटिएको छैन । यता, ५ लाखभन्दा माथि बक्यौता हुनेहरुलाई महसुल बुझाउन कार्यालयको तर्फबाट ताकेता गर्दा पनि महसुल नबुझाए पछि लाइन नै काटिएको अनारमनी वितरण केन्द्रले जनाएको छ ।

अनारमनी वितरण केन्द्रलाई साविकका चारपाने, घैलाडुब्बा, गोल्धाप, डाँगीबारी, चकचकी गाविसले समेत लाखौं रुपैयाँ महसुल बुझाउन बाँकी रहेको देखिन्छ । तत्कालिन गाविसहरुले सडकबत्तीमा विद्युत प्रयोग गरे वापत लाखौं रुपैयाँ महसुल बुझाएका छैनन् ।

चारपानेले ९ लाख ८९ हजार, गोल्धाप १४ लाख, घैलाडुब्बा ११ लाख , डाँगीबारी १४ लाख , चकचकी १४ लाख र राजगढ करिव १२ लाख बुझाउन बाँकी रहेको छ । ति गाविसले बुझाउनुपर्ने महसुल तत्तत् पालिकाहरुले बुझाउने कागज गरिसकेको सूचना अधिकारी ढकालले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण १६, २०७९ सोमबार  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]