जेष्ठ ४, २०८१ शुक्रबार

सप्तकोसीको ३३ ढोका खोलियो

धरान । सप्तकोसी नदीमा पानीको बहाब उच्च भएसँगै कोसी बयारेजका ३३ वटा ढोका खोलिएका छन् ।  लगातारको वर्षाका कारण शनिबार दिउँसोदेखि सप्तकोसीमा पानीको बहाब उच्च बनेसँगै  कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ।

सप्तकोसीमा शनिबार सँझपख पानीको बहाब प्रतिसेकेण्ड २ लाख २५ हजार ३ सय ५० क्युसेक पुगेको छ । पानीको बहाब बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ३३ ढोका खोलिएको छ ।  सप्तकोसीमा पानीको बहाब एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ।

भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण कोसी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा परेको छ। सप्तकोसीमा पानीको बहाब उच्च भएपश्चात् सुनसरी, उदयपुर र सप्तरी प्रशासनले कोसी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सप्तकोसीले पश्चिमतर्फ कटान गर्दा सुनसरी र उदयपुरको श्रीलंका टापु डुबानमा परेको छ। सप्तकोसीका सबै ढोका नखोलिएका कारण यस क्षेत्र अझै डुबानमा पर्ने भएकाले कोसी ब्यारेजका सबै ढोका खोल्न स्थानीयले माग गरेका छन्।

प्रकाशित मिति : श्रावण २१, २०७९ शनिबार  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]