जेष्ठ ५, २०८१ शनिबार

दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

काठमाडौँ – बडादसैंको टीकाको उत्तम साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनादेखि पूजा-आराधना गरिएकी देवीलाई बिहान १०:३४ बजे विसर्जन गरी ११:५१ को साइतमा टीका लगाउन सकिनेछ ।

देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ । आज नवरात्रको आठौं दिन । नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिने छ ।

प्रकाशित मिति : आश्विन १७, २०७९ सोमबार  ११ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]