जेष्ठ ५, २०८१ शनिबार

दशैं मनाउन अध्यक्ष ओली गृहजिल्ला झापामा

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आइपुग्नुभएको छ । अध्यक्ष ओली यसपालीको दशैं मनाउन पत्नी राधिका शाक्यसहित झापा आइपुग्नुभएको हो

एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार भद्रपुरबाट अध्यक्ष ओली दमक स्थित आफ्नो निवासमा आउनुहुनेछ । यहाँ धनुकटाबाट लिम्बूवान र माओवादी त्यागेका केही नेताहरुलाई एमाले प्रवेश गराउनुहुनेछ ।

भोली १ बजे अध्यक्ष ओलीले दशैं तिहार, छठ लगायतका पर्वहरुको अवसर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्नुभएको छ । अध्यक्ष ओलीले उक्त कार्यक्रममा सहभागी हुन विभिन्न दलका नेता, कार्यकर्ता र सर्वसाधरणलाई आमन्त्रण गर्नुभएको छ । कार्यक्रम सिटी साइ पार्टी प्यालेस विर्तामोडमा आयोजना गरिएको छ ।

थापाका अनुसार भोली साँझ अध्यक्ष ओली दमकस्थित निवासमै फर्केर स्थनीय नेता कार्यकर्तासँगै दशैं मनाउनु हुनेछ।

अध्यक्ष ओलीले यसपालीको टिक झापा मै ग्रहण गर्ने कार्यक्रम छ । झापाको भद्रपुर नगरपालिकास्थित पृथ्वीनगरमा टिकाको साइत ११ः५१ बजे बुबा मोहनप्रसाद ओलीको हातबाट अध्यक्ष ओलीले टिका ग्रहण गर्ने कार्यक्रम छ । त्यसैदिन अध्यक्ष ओली काठमाडौं फर्कनुहुनेछ ।

प्रकाशित मिति : आश्विन १७, २०७९ सोमबार  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]