जेष्ठ ४, २०८१ शुक्रबार

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षा हुने

बिर्तामोड । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

बुधबार बिहान जारी मौसम बुलेटिनमा बुधबार प्रदेश नं १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने उल्लेख छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। राती पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति : कार्तिक ९, २०७९ बुधबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]