जेष्ठ ४, २०८१ शुक्रबार

पत्रकार महासंघ झापाको साधारणसभा कात्तिक २५ गते

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारणसभा कात्तिक २५ गते शुक्रबार हुने भएको छ ।
महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आइतबार सम्पन्न कार्यसमितिको बैठकले वार्षिक साधारणसभा २५ गते बिर्तामोडस्थित अतिथि सदनमा ११ बजेबाट गर्ने निर्णय गरेको हो ।

महासंघको वार्षिक साधारणसभामा सचिव डिकेश लामाबाट सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष रञ्जित प्रसाईंबाट आर्थिक प्रतिवेदनसहित विभिन्न प्रस्तावहरु पेस हुने उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए । महासंघ केन्द्रीय समितिले जिल्ला शाखाहरुको साधारणसभा कात्तिक मसान्तभित्र गरिसक्नुपर्ने निर्णय गरे बमोजिम झापा शाखाले तोकिएको समयसीमाभित्रै साधारणसभा गर्न लागेको जनाएको छ ।

गत असोज ५ र ६ गते भक्तपुरको नगरकोटमा सम्पन्न केन्द्रीय समितिको बैठकले शाखाको साधारणसभा कात्तिक मसान्तसम्म, महासंघ प्रदेश समितिको साधारणसभा मंसीर १५ गतेदेखि पुस १ गतेसम्म र केन्द्रीय समितिको साधारणसभा पुस ८ र ९ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गर्ने निर्णय गरेको थियो ।

साधारणसभा सम्बन्धी केन्द्रको निर्णयसहितको सर्कुलर झापा शाखाका सबै सदस्यहरुलाई एक महिनाअघि नै इमेल तथा सामाजिक सञ्जाल मार्फत जानकारी गराइएको सचिव लामाले बताए । झापा शाखामा हाल महासंघका साधारण सदस्य दुई सय ६१ जना रहेका छन् ।

प्रकाशित मिति : कार्तिक १३, २०७९ आईतबार  ३ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]