जेष्ठ ८, २०८१ मंगलबार

बिर्तामोडमा शैक्षिक गुणस्तर अभिवृद्धि विषयक अन्तरक्रिया

बिर्तामोड । मंगलबार बिर्तामोड स्थित सेन्टर पोइन्ट पार्टी प्यालेसमा शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र विराट सामुदायिक अध्ययन केन्द्रले सह–आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको अध्यक्षता शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका जिल्ला अध्यक्ष अर्जुन कुमार पाठकले गरेका थिए भने प्रमुख अतिथिको रुपमा प्रतिनिधिसभा सदस्य केआर खम्बूको उपस्थिति रहेको थियो । साथै विशिष्ठ अतिथिको रुपमा जिल्ला समन्वय समितिकी उप–प्रमुख शान्ता रोकाको उपस्थिति रहेकोथियो । त्यसै गरी अतिथिहरुमा झापाका विभिन्न पालिकाहरुको प्रमुख, उप–प्रमुख, पालिकाका शिक्षा शासाका अधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरु विभिन्न क्याम्पसका प्राध्यापकहरु, विद्यालयका शिक्षकहरु, विद्यार्थीहरु र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मोहनप्रसाद ओली, युवराज पाण्डे र टंक प्रसाद सेढाई लगायतका पूर्व प्राध्यपकहरुले संयुक्त रुपमा तयार पारेको शैक्षिक गुणस्तर अभिबृद्धिमा सरोकारवालाहरुको भूमिका सम्बन्धी कार्यपत्र – २०७९ को खाका पनि सार्वजनिक गरी त्यसै उपर अन्तरक्रिया भएको थियो । उक्त कार्यपत्र माथि मेची बहुमुखी क्यामपसका प्राध्यापक डा. राजेन्द्र अधिकारी, मेचीनगरका शिक्षा प्रमुख होमनाथ भण्डारी र गौरादहका शिक्षा प्रमुख टेकनाथ रेग्मीले सुझाव तथा टिप्पणी राखेका थिए ।

कार्यक्रममा गौरिगञ्ज गाउँपालिकाकी प्रमुख फूलबती राजवंशी, समन्वय समितिकी उप–प्रमुख शान्ता रोका र प्रतिनिधि सभाका सदस्य केआर खम्बूले मन्तव्य राखेका थिए । सांसद खम्बूले शिक्षा क्षेत्रको गुणस्तरताका निम्ति सदनमा कुरा उठाउने र त्यसको नीति निमार्ण गर्न लागिपर्ने प्रतिबद्धता गरेका छन् ।

सहभागीहरुलाई विराट सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष मोहन सिवाकोटीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन रुद्र सिटौलाले गरेका थिए ।

प्रकाशित मिति : पुष १२, २०७९ मंगलबार  ४ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]