बैशाख २१, २०८१ शुक्रबार

विद्यार्थीसँग चरिमायाको अन्तरसंवाद

बिर्तामोड । मानव बेचबिखनविरुद्ध अन्तर्राष्ट्रिय अभियन्ता शक्ति समूहकी संस्थापक चरिमाया तामाङले युवा विद्यार्थीलाई आफ्नो अनुभव सुनाएकी छन् ।

आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडको आयोजना तथा सुरुवाती कोठा नेपाल झापाको सहकार्यमा आदर्श ब्यांक्वेटमा आयोजित आदर्श चिन्तन कार्यक्रममा रोमन मेगासेसे पुरस्कारबाट पुरस्कृत चरीमाया तामाङले आफ्नो जीवनी ,साहस, आगामी दिनमा नयाँ युगको दासता ,मानव बेचबिखनविरुद्ध कसरी सङ्गठित भएर लाग्ने भन्नेबारे विद्यार्थीलाई प्रेरणा दिएकी थिइन् ।

कलेजका संस्थापक सौरभ प्रसाईँको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक नितेश साहले शुभकामना मन्तव्य राखेका थिए भने चरीमायाको जीवनीबारे शक्ति समूहकी झापा संयोजक मिरा भट्टराईले प्रकाश पारेकी थिइन् । कार्यक्रमको सञ्चालन कलेजका तालिम संयोजक दीपक दासले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका १८० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : पुष १४, २०७९ बिहीबार  ७ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]