बैशाख २०, २०८१ बिहीबार

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा झापाका थापा निर्वाचित

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा झापाका उद्वव थापा निर्वाचित भएका छन् । संसदीय दलको नेता चयनका लागि भर्खरै निर्वाचन सम्पन्न भई परिणाम घोषणा गरिएको छ ।

निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीका अनुसार थापाले १८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । केदार कार्की ९ र अमृत अर्यालले २ मत प्राप्त गरेका छन् ।

प्रदेश नं १ को प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी २९ जना विजयी भएका थिए । दलको नेताका लागि कांग्रेस प्रदेश नं १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्की चुनावी प्रतिस्पर्धामा थिए ।

प्रकाशित मिति : पुष १५, २०७९ शुक्रबार  १० : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]