जेष्ठ ३, २०८१ बिहीबार

निराकारको शव ल्याउन सोमवारदेखि प्रक्रिया थालिने

बिर्तामोड । थाइल्यान्डको सिमानामा रहेको कम्बोडियाको पोइपेट सहरको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर ज्यान गुमाएका झापा बिर्तामोडका निराकर पाण्डेको शव नेपाल ल्याउन सोमवार देखि प्रक्रिया शुरु गरिने भएको छ ।

ज्यान गुमाउने पाण्डेका नातामा दाजुपर्ने खगेन्द्र उप्रेतीले इजलाससित कुरा गर्दै शव ल्याउने प्रक्रिया सोमवारदेखि शुरु हुने जानकारी दिए । कुराकानी आजैबाट भएपनि कागजी प्रक्रियाका लागि सोमवार पर्खनु पर्ने भएको छ । ‘आज विदा, भोली शनिवार , आइतवार अन्तराष्ट्रि विदा परेकोले सोमवारबाट मात्रै प्रक्रिया सुरु हुने भयो’, उप्रेतीले भने ।

शवको पहिचान भइसकेपनि नेपाल ल्याउन आवश्यक प्रक्रिया पुरा गर्नपर्छ, उनले भने – हामी सबै काठमाडौं पुगिसकेका छौं ।
निराकार थाइल्यान्डबाट घुम्न भनेर कम्बोडिया पुगेका थिए । उनी होटलको १२ औं तल्लामा बसेका थिए । आगलागी भएपछि होटलबाट बाहिर निस्कने खोजे पनि उनी असमर्थ भएका थिए ।

आगलागी भएर होटलमा थुनिएका बेला निराकारसँग उनका दाजु निरज पाण्डे र परिवारका सदस्यहरूले ४ घन्टा भिडियो कलमा कुराकानी गरेका थिए ।

दाजु निरजका अनुसार निराकर दुई महिनाअघि, नोभेम्बर ७ तारिखमा थाइल्यान्ड गएका थिए । त्यहाँबाट घुम्नका लागि कम्बोडिया पुगेका थिए । कान्छा भाइ निराजनको बिहेपछि निराकर थाइल्यान्ड गएका थिए ।

प्रकाशित मिति : पुष १५, २०७९ शुक्रबार  ४ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]