जेष्ठ ८, २०८१ मंगलबार

शिवसताक्षीको ‘रारआ’ माविमा प्रअ नियुक्ति विवाद

बिर्तामोड । झापा शिवसताक्षी – ११ दूधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयाई लिएर विवाद चुलिएको छ । विद्यालयका प्रधानाध्यापक कालीप्रसाद रिजालले अवकाश प्राप्त गरेपछि सोही विद्यालयका शिक्षा शास्त्रमा स्नातक तह उत्तीर्ण शिक्षक लालमणी सुवेदीलाई निमित्त प्रअको जिम्मेवारी दिएपछि विवाद उत्कर्षमा पुगेको छ ।

कक्षा १२ सम्म सञ्चालित विद्यालयमा स्नातक तह मात्र शैक्षिक योग्यता भएका शिक्षक सुवेदीलाई प्रधानाध्यपकको जिम्मेवारी दिएपछि विवाद थप बढेको हो ।

विद्यालय व्यवास्थापन समितिले सुवेदीलाई प्रअमा नियुक्ति गरेको थियो । तर शिवसताक्षी नगरपालिका शिक्षा शाखाले प्रधानाध्यापकको जिम्मेवारी सम्बन्धमा च.नं. १५४२ पत्रमा विद्यमान शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ (संसोधन सहित) ९३ (३) बमोजिम प्र.अ. नियुक्ति प्रकृया पुरा नभई आएको देखिएकाले सो प्रकृया पुरा गरी प्रअ नियुक्ति भएको खण्डमा खाता सञ्चालक परिवर्तन गर्न सिफारिस दिन सकिने पत्र विद्यालय व्यवस्थापन समितिलाई पठाएको थियो । पत्र पाए लगत्तै पुस १ गते विद्यालय व्यवस्थापन समितिको बैठकले निमित्त प्रअ हुनुपर्नेमा भाषिक त्रुटि भएको भन्दै निर्णय सच्याएको थियो ।

विद्यालयमा माध्यमिक तहमा स्नातकोत्तरतहको योग्यता भएका अन्य शिक्षकहरु भएपनि वरिष्ठताको आधार देखाउँदै विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक नियुक्ति गरेको हो ।
यता, माथिल्लो योग्यता भएका शिक्षक श्रीप्रसाद खरेलले प्रअको लागि आफु योग्य भएको भन्दै दावी प्रस्तुत गरेका छन् ।

शिक्षा नियामावली नियम ९३ (२) मा माध्यमिक तहको रिक्त प्रधानाध्यापक पदमा शिक्षा शास्त्रमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विद्यालयको सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षकहरु मध्येबाट दरखास्त आह्वान गर्दछ ।

तर शिक्षा शास्त्र विषयमा स्नातक वा सो सरह परीक्षा उत्तीर्ण गरी माध्यमिक तहमा १० वर्षे स्थायी सेवा गरेको शिक्षक माध्यमिक तहको प्रधानाध्यापकको पदमा उमेद्वार हुन पाउने छ भन्ने स्पष्ट उल्लेख गरिएको छ ।
३ उपनियम (२) बमोजिम दरखास्त आह्वान भएमा सम्बन्धित शिक्षकले व्यवस्थापन समितिले तोकेको म्याद भित्र विद्यालय विकास प्रस्ताब सहित व्यवस्थापन समिति समक्ष दरखास्त दिन सक्ने भन्ने उल्लेख छ ।

यता शिवसताक्षी नगरपालिका शिक्षा शाखाले मंसिर २१ गते प्रधानाध्यापक नियुुक्तिको लागि शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९(संसोधन सहित) को नियम ९३ बमोजिम प्रधानाध्यापक नियुक्ति प्रक्रिया पुरा नभई आएको देखिएकोले विद्यालय विकास प्रस्ताव लेखनको लागि विद्यालय व्यवस्थापन समितिलाई प्रधानाध्यापकको जिम्मेवारी सम्बन्धमा लेखिएको पत्र हालसम्म व्यवस्थापन समितिले कार्यान्वयन नगरेको पाइएको छ ।
खरेलको ०६१ बैशाख ३१ गते माध्यमिक तहमा स्थायी नियुक्ति भएका हुन् भने सुवेदी ०६१ जेठ २० गते स्थायी नियुक्त भएको सम्बन्धित कार्यालयको रेकर्डमा उल्लेख छ ।

प्रकाशित मिति : पुष २०, २०७९ बुधबार  ९ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]