जेष्ठ ८, २०८१ मंगलबार

अनेरास्ववियुद्वारा इन्द्रचन्द्र क्याम्पसमा श्रद्धाञ्जलीसभा

बिर्तामोड । अनेरास्ववियु इन्द्रचन्द्र क्याम्पस (देवी) कमिटी बिर्तामोड श्रद्धाञ्जली सभा गरेको छ । अनेरास्ववियुले आइतवार विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै आज साँझ शोकसभा गरेको हो ।

आइतबार बिहान १०ः३२ बजे काठमाडौँदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२ ५०० विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको दुर्घटना भएको थियो । दुर्घटनामा चार जना चालक दलसहित ७२ जनाले ज्यान गुमाएका थिए ।

अनेरास्ववियुले आयोजना गरेको शोकसभामा प्रतिनिधिसभा सदस्य हर्कमाया विश्वकर्मा र अनेरास्ववियुका क्याम्पस कमिटी अध्यक्ष निर्मल लामगाधेले शोक मन्तव्य राखेका थिए । शोकसभामा क्याम्पस प्रमुख प्रकाश दाहाल, जिसस झापाका निवर्तमान प्रमुख सोमनाथ पोर्तेल, नेकपा एमाले नेता टिका मंग्राती, अनेरास्ववियुका जिल्ला अध्यक्ष रोशन लामा, सचिव नारायण पोखरेल लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

क्याम्पस प्राङगणमा भावपूर्ण श्रद्धाञ्जलि लेखेर दीप प्रज्वलन गरिएको थियो ।

 

प्रकाशित मिति : माघ २, २०७९ सोमबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]