जेष्ठ ५, २०८१ शनिबार

दुई वर्षे निलम्बनमा परेपछि श्रेष्ठले छोडिन एमाले

भद्रपुर । नेकपा एमालेकी झापा जिल्ला उपसचिव चन्द्रमाया श्रेष्ठले पार्टी परित्यागको घोषणा गर्नु भएको छ ।
स्थानीय चुनाव र संघ-प्रदेशको निर्वाचनमा पार्टीको उमेद्वारको विपक्षमा कार्यकर्तालाई मतदान गर्न प्रेरित गरेको भन्दै एमाले झापाले निलम्बन गरेपछि उहाँले पार्टी नै परित्याग गर्नु भएको हो ।

पार्टीभित्रैबाट पार्टीलाई हराउनेजस्तो जघन्य अपराध गरेपछि पार्टीको सबै वडाले उहाँलगायत पार्टीलाई अन्तरघात गर्ने, विपक्षी पार्टीसँग बैठक बसी बुथसम्म समानान्तर कमिटी बनाई एमालेलाई हराउन लाग्ने नेता तथा कार्यकर्तालाई कार्वाहीको माग गरेपछि एमाले झापाले सामान्य कार्वाही (दुईवर्ष निलम्बन) गरेको थियो ।

चन्द्रगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उपसचिव श्रेष्ठले १८ बुँदे आरोप लगाउँदै पार्टी परित्याग गरेकी हुन् ।

प्रकाशित मिति : फाल्गुन १९, २०७९ शुक्रबार  ६ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]