जेष्ठ ५, २०८१ शनिबार

मदन भण्डारी हत्याको छानबिन माग गर्दा २१ जनालाई मारियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिन माग गर्दा २१ जना मानिसको हत्या भएको दाबी गर्नुभएको छ ।

सुखानीको बलिदानको स्मृतिमा आयोजित ५० औं सहिद दिवसका अवसरमा एमालेले आइतबार गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओली भन्नभयो, ‘मदन भण्डारीको हत्या भयो, जीवराज आश्रितको हत्या भयो । त्यस प्रशंगमा हामीले छानबिन होस् भनेर माग गर्यौं । त्यो माग गर्दामात्रै २१ जनालाई गोली हानेर हत्या गरियो । छानबिन आयोग बनाएर छानबिन गर्देउ भन्दाखेरि २१ जनाको हत्या भयो । थुप्रै ठाउँमा देशभरी हत्यो भयो । झापामा डिल्ली गौतमको हत्या भयो । त्यसभन्दा अघि २०३७ साल फागुन १२ गते सिन्धुलीमा ऋषि देवकोटाको हत्या भयो । अरु गोप्य ढंगले अनेक । यसपछि हत्यापछि हत्या भयो ।’

उहाँले जनयुद्धका नाममा १७ हजार मानिस मारिएकोमा आपत्ति जनाउनु भयो । उहाँले यस्तो शिलशिलाको अन्त्य हुनुपर्ने भन्दै कसैको स्वार्थका लागि अर्काको जिन्दगी जाने स्थिति हुन नहुने बताउनु भयो ।

तत्कालीन पञ्चायती सरकारले २०२९ साल फागुन २१ मा वामपन्थी आन्दोलनमा सहभागी ५ नेताहरूलाई जेलबाट निकालेर झापाको सुखानी जंगल लगेर हत्या गरेको थियो । उक्त घटना नेपाली राजनीतिमा सुखानी हत्या काण्डले चिनिन्छ ।

सुखानीमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन्द्र राजवंशी,कृष्ण कुइकेल र नारायण राजवंशीको हत्या भएको थियो ।

प्रकाशित मिति : फाल्गुन २१, २०७९ आईतबार  ५ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]