बैशाख २१, २०८१ शुक्रबार

प्रमाण ल्याए तपाईंको पाउमा मेरो शीर राखिदिन्छु : राजेश पायल राई

काठमाडौँ । गायक राजेश पायल राईले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । उनले आरोपको प्रमाण ल्याउन चुनौती दिँदै आधारहीन समाचार नछाप्न आग्रह गरेका छन् । उनले एउटा स्टाटसकै भरमा बिना प्रमाण मानहानी गरिएको भन्दै दुःख पोखेका छन् ।

‘आउनुस् म च्यालेन्ज दिन्छु । यदि प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शीर राखिदिन्छु । हिजो घटेको घटना रहेछ, बच्चालाई हस्पिटल लगेको होला। नलेगेनी हिजो खन्याको तातोपानीले त पक्कै पानीफोका ऊठ्यो होला । रातो दाग होला’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘घाऊ होला ,प्रमाण ल्याउनुस् मेरो शीर तपाईंको हातमा राखिनँ भने म किराती होइन ।’

उनले आफ्नो भलो नचिताउने, करियर समाप्त गराउने गिरोह सक्रिय हुन लागेको पनि बताएका छन् ।

प्रकाशित मिति : फाल्गुन २५, २०७९ बिहीबार  ११ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]