जेष्ठ ४, २०८१ शुक्रबार

दुर्गापुर महायज्ञमा भक्तजनको घुइँचो

कनकाई । झापाको कनकाई –१ दुर्गापुरस्थित श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर परिसरमा संचालन भएको महापुराणमा भक्तजनको उपस्थिति अत्यन्तै उत्साहजनक भइरहेको आयोजक समितिले जनाएको छ ।

भौतिक संरचना निर्माण साथै अक्षयकोष वृद्धि गर्ने पवित्र उद्देश्यले संचालनमा रहेको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञमा दाताहरुको समेत उत्साहजनक उपस्थिति रहेको बताइएको छ । दिवाकालीन साथै रात्रीकालीन समयमा समेत भक्तजनको घुइँचो हुने गरेको महापुराण स्थलमा हरेक दिन बेग्ला बेग्लै क्षेत्रका अग्रज व्यक्तित्व साथै दानवीर दाताहरुलाई स्वागत सम्मान गर्न आयोजक समितिलाई भ्याइनभ्याइ छ ।

महायज्ञ संचालनको सातौं दिनसम्ममा १५ लाख बढी संकलन भइसकेको साथै तुलादान तर्फ धान र सामुदायिक भवन निर्माण तर्फको सहयोग समेत प्राप्त भइरहेको मुल आयोजक समितिका कोषाध्यक्ष रोहितकुमार भट्टराईले जानकारी दिए । महायज्ञको सफलताको कामना गर्दै नवदुर्गा भगवतीको मन्दिर स्थापनार्थ मन्दिरका संस्थापक एवं जग्गादाता परिवारका तर्फबाट कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले रु.१ लाख २५ हजार सहयोग गर्ने घोषणा गरे । बुवा स्व.गणेशप्रसाद पोखरेल, आमा स्व.रोमादेवी र आमा देवीमाया पोखरेलसहितका परिवार राजेन्द्रकुमार र हेलेनवस्ती पोखरेल, निर्माण र सलिना पोखरेल, दिनेश र अनुजा पोखरेल, फाल्गुणी पोखरेलसहित परिवारका सदस्यहरु सुधा, अप्सरा, दुर्गा, भगवती, अन्जु, रन्जुसहितको परिवारका तर्फबाट रकम सहयोग गरिएको हो ।

त्यस्तै मन्दिरका संस्थापक एवं जग्गादाता परिवारकै तर्फबाट स्व.कुमुदिनी पोखरेल, टिकाकुमारी पोखरेलका छोराबुहारी सामुदायिक भवन निर्माण समितिका संयोजक समेत रहेका उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका सदस्य समाजसेवी कुमारमणि पोखरेल एवं मुल आयोजक समिति संयोजक सरला दहाल पोखरेल, भरतमणि र दुर्गा पोखरेल, देवमणि र दिपा पोखरेल, डा.शिशिर र प्रतिक्षा पोखरेल समेत परिवारका तर्फबाट रु.१ लाख ३ सय ३३ रुपैंया सहयोग प्राप्त भएको छ ।

सहयोगकै क्रममा मन्दिरका संस्थापक एवं जग्गादाता परिवारकै तर्फबाट स्व.दीपेन्द्रप्रसाद पोखरेल र सावित्रादेवी पोखरेलका छोराबुहारी शम्भुप्रसाद र सुशिला पोखरेल, छोरीहरु लक्ष्मी दहाल, तारा वाग्ले, स्व.विमला ढकाल, निर्मला नेपाल, दुर्गा न्यौपाने, निर्जा कट्टेल साथै नातिनी एवं ज्वाइँ डा.गिरिश शर्मा र स्मृति पोखरेलसहितका परिवारका तर्फबाट ६५ हजार १ सय १६ सहयोग रकम प्राप्त भएको बताइएको छ ।

श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद निरौलाको परिवारबाट ५१ हजार ५ रुपैंया सहयोग रकम प्राप्त भएको छ । निरौलाकी श्रीमति प्रतिभा दहाल निरौला, हाल अमेरीकामा रहेका छोराबुहारी राजेश र रोजीना, हाल अष्ट्रेलिया रहेकी नातिनी आर्विका निरौलासहितको परिवारबाट सहयोग रकम प्राप्त भएको हो ।
नवदुर्गा मन्दिरका संस्थापक परिवार सकुन्तला खत्रीसहित छोराहरु दिपक, अर्जुन र भरत खत्रीको तर्फबाट रु.५१ हजार १ सय सहयोग रकम प्राप्त भएको बताइएको छ । त्यस्तै जग्गादाता परिवार स्व.पुष्पराज र राधादेवी पोखरेलका छोराबुहारीसहितको परिवारका तर्फबाट रु.४७ हजार ३१६ सहयोग रकम प्राप्त भएको मूल आयोजक समितिका महासचिव समेत रहेका मन्दिर व्यवस्थापन समितिका सचिव गोपाल पोखरेलले जानकारी दिए ।

त्यस्तै जग्गादाता परिवारकै तर्फबाट मोहनराज पोखरेल र श्रीमति नर्वदा पोखरेलका तर्फबाट ३० हजार ५ रुपैंया सहयोग रकम प्राप्त भएको छ भने श्रीमति नर्वदा पोखरेलले तुलादानका रुपमा आफ्नो तौल बराबरको धान दान गरेकी छन् । पोखरेलले सामुदायिक भवन निर्माणकालागि २ लाख १०१ रुपैंया समेत कबोल गरेको मूल आयोजक समितिका आर्थिक संयोजक मनोज पोखरेलले जानकारी दिए । सहयोगकै क्रममा स्थानीय समाजसेवी धनराज र राधा खड्काको परिवारबाट रु.३१ हजार ५५ सहयोग रकम प्राप्त भएको बताइएको छ ।

आर्थिक संयोजक पोखरेलका अनुसार सहयोगकै क्रममा कनकाई –७ दुर्गापुर निवासी नरवहादुर गुरुङ र छोरा डिबी गुरुङबाट २६ हजार ५०० सहयोग रकम प्राप्त भएको छ । त्यस्तै समाजसेवी शेरबहादुर थापाबाट रु.२५ हजार १६० सहयोग रकम प्राप्त भएको छ ।
सहयोगकै क्रममा कनकाई –१ निवासी हरिशरण भट्टराईका छोरा हाल अमेरीकामा रहेका बिनय भट्टराईबाट रु.२५ हजार सहयोग रकम प्राप्त भएको छ । त्यस्तै जग्गादाता परिवारकै तर्फबाट स्व.हेडम्बराज र स्व.रेणुकादेवी पोखरेलका छोराबुहारी, छोरीसहितको परिवारका तर्फबाट १५ हजार १ सय सहयोग रकम प्राप्त भएको बताइएको छ ।

त्यस्तै दुर्गापुर बजारका पुराना व्यवसायी अधिनलाल राजवंशी (गिरिजा) को परिवारबाट १६ हजार १ सय १२ सहयोग रकम प्राप्त भएको छ । त्यस्तै स्थानीय पुराना व्यवसायी धनवहादुर गिरीबाट रु.१५ हजार ५ सय ५५ नगद सहित ३५ काटन पिउने पानी सहयोग प्राप्त भएको बताइएको छ ।

चैत ८ गतेदेखि सुरु भइ १६ गते समापन हुने महायज्ञको एक विशेष समारोहका विच कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले संयुक्त रुपमा पानसमा दिपप्रज्वलन गरी महायज्ञको समुद्घाटन गरेका हुन् । अनुष्ठानमा पण्डित नारायण सरण काफ्ले प्रमुखवाचक र उपवाचकमा पण्डित सुवास ढकाल रहेका छन् ।

प्रकाशित मिति : चैत्र १५, २०७९ बुधबार  १० : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]