जेष्ठ ४, २०८१ शुक्रबार

सेकुवामा सफल बिर्तामोडको सेवारो : टेष्ट निकाल्न ३ वर्ष

बिर्तामोड । झापाको बिर्तामोडस्थित मुक्तिचोक पश्चिम १ किलोमिटरमा प्रख्यात सेकुवा कर्नर ‘सेवारो’ सञ्चालनमा छन् । सेकुवा पारखीहरु सेवारामा नपुगेको कमै होलान् । अर्थात, सेकुवा पारखीहरुको पहिलो रोजाई बन्ने गरेको छ, सेवारो सेकुवा ।

माछामासु खानेहरुको एउटा रोजाईको परिकार हो, सेकुवा । त्यसमा पनि बंगुरको सेकुवा अधिकांशको रोजाईमा पर्ने गर्छ । ९ वर्षअघिदेखि बिर्तामोडमा सेवारो सेकुवा सुरु भएको हो । सुरुवातमा सामान्य चलेको सेवारो अहिले मुख्य रोजाईमा पर्छ । सबैतिर सेकुवा पाइन्छ । तर, सेवारो नै किन रोजाईमा पर्ने गरेको छ भनेर सञ्चालक डिजीहाङ लिम्बुसँग खोजी गरिएको छ ।

सेकुवामा सफलतामा मिलेको अनुभूति गरेका लिम्बुले विगतलाई थोरै स्मरण गरे । धनकुटामा उनका हजुरबुवा तिलबहादुर लिम्बूले होटल व्यवसाय सञ्चालनका लागि घर निर्माण गर्दागर्दै निधन भयो । हजुरवुवाको होटल चलाउने सपना अपुरै रहेपछि लिम्बुको बुबाआमाले होटल थाले । ९ वर्षअघि बिर्तामोड आएर ८÷९ वटा टेवल राखेर सेकुवाको व्यापार थालेको लिम्बू परिवारले विस्तारै सेकुवा पारखीहरुको मन जित्न थालेको थियो । सेकुवा पारखीहरुका लागि उनीहरुले ३ वर्ष निरन्तर मेहनत गरे । त्यो तीन वर्षपछि उनीहरुले कहिल्यै पछाडि फर्कनु परेको छैन । तीन वर्षमा उनीहरुले सेकुवामा नयाँ किसिमको टेष्ट ( स्वाद) निकाल्न सफल भए । जुन स्वादको सेकुवामा सबै सेकुवा पारखीहरु समेत सन्तुष्ट भएको पाइन्छ ।

सुरुमा खोलेको सेकुवा पसल साँगुरो भएर अहिले कञ्चनजंगा हस्पिटल दक्षिणमा सारिएको छ । सेवारोले अहिले १७÷१८ टेवल राखेको छ । २५ सेट टेवल राखेर व्यापार गर्न सक्ने क्षमताको संरचना बनाएको सेवारोले ९ वर्षको अन्तरालमा स्वादमा कहिल्यै सम्झौता डिजीहाङ बताउँछन् । बुबा गजेन्द्र लिम्बु रिटायर्ड भारतीय आर्मी हुन् । आमा शान्ति लिम्बु र बुबाले थालेको व्यापार केहि वर्ष दाईले पनि हेरे ।

पन्जाव टेक्निकल युनिभर्सिटीमा कम्प्यूटर इन्जिनियरिङ सकेका डिजीहाङ कोभिडपछि सेवारो सम्हाल्न आएका हुन् । अहिले उनैले सेवारो सम्हालिरहेका छन् । अध्ययन सकेर राम्रै जागिर गर्ने योजना बनाएका उनले कोभिडपछि व्यवसाय सम्हाल्न थाले । उनी भन्छन्, ‘यति धेरै ग्राहकहरु सन्तुष्ट हुनुभएको रहेछ । मैले यहि सुन्तष्टिको काम रोजे । पैसासँगै सन्तुष्टि पनि यहाँ मिल्ने बुझे ।’ त्यसैले मेरो पनि बाटो मोडियो ।

अहिले बुबा आमा कमल गाउँपालिकामा बसिरहेका छन् । छोराले यहाँ व्यवसाय सम्हाल्दैछन् । दैनिक ५ देखि ६ सय सिल सेकुवा बनाउने सेवामा ७ जना ले रोजगारी पाएका छन् । लिम्बु भन्छन्, दैनिक ग्राहक धेरै हुनुहुन्छ । नयाँ ग्राहक पनि हाम्रो नियमित ग्राहक बन्ने गर्नुभएको छ ।

सेकुवा अहिले खाजा नै भइसकेको उनको बुझाई छ । सस्तो र मिठो समेत हुने भएकाले धेरैको रोजाईमा सेकुवा पर्ने गरेको छ । उनले सेवारोको सेकुवा बनाउने तरिका, प्रयोग गरिने सामग्री र मासु मै धेरै भिन्नता रहेको सुनाए । ‘हामी जतिसक्दो स्वास्थ्यवद्र्धक बनाउछौं, मासुमा छाला पनि हुदैन ।’ एक पटक प्रयोग भएको तेल दोस्रो पटक प्रयोग हुदैन । खोर्सानी पनि एक वर्षदेखि अचारका लागि विशेष प्रकारले सुरक्षित गरिएको हुन्छ । ‘एकैछिनमा बनाएको सेकुवा खास मिठो हुदैन । ग्राहकले माग गर्नुभन्दा पहिले हाफ पकाएर राखिएको हुन्छ । माग गरेपछि पुनः पकाएर दिइन्छ । त्यसैले हाम्रो सेकुवा फरक र स्वादिष्ट छ ’ उनले थपे ।

सेवारोले छाला विनाको मासु सेकुवा बनाएर दिने गरेको छ । मासु, भुजा साधेँको, सलाद, अचार र विशेष स्वादको मुलाको अचार सेवारोको सेकुवा सेट हो । जसको मुल्य रु १५० छ । दैनिक १२ बजेदेखि साँझ ८ बजेसम्म खुल्ला हुने सेवारोमा १२ बजेदेखि नै भिडभाड हुने गर्छ । सेवारोमा सेकुवा बाहेक अन्य परिकार पाइदैन । बंगुर र कुखुराको सेकुवा मात्रै पाइने डिजीहाङ बताउँछन् ।

बिर्तामोडमा मेनपावर कम्पनीहरु धेरै भएको र त्यसैलाई लक्षित गरेर सुरु गरिएको थियो, सेवारो । अहिले विधार्थीदेखि वृद्धहरु पनि सेकुवा खान पुग्ने गरेका छन् । सेकुवालाई ब्राण्ड बनाउन सफल सेवारोले टेष्टकै कारण सबैको रोजाईमा परेको छ ।

सेकुवा व्यवसाय सञ्चालनमा उनीहरुलाई बेलाबेला कोइलाको अभाव हुने गरेकाो सुनाए ।

प्रकाशित मिति : चैत्र १५, २०७९ बुधबार  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]