जेष्ठ ६, २०८१ आईतबार

विद्यार्थी भर्ना गर्दा चर्को मुल्य नलिन नेविसंघको आग्रह

झापा। नेपाल विद्यार्थी संघ झापाले संस्थागत विद्यालयले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्दा अहिलेको आर्थिक बन्दीलाई मध्येनजर गरेर शुल्क घटाउन माग गरेको छ ।

आज बिर्तामोडमा नेविसंघले पत्रकार सम्मेलन गरेर देशमा आर्थिक संकट आएको भन्दै विद्यालयमा नयाँ विद्यार्थी भर्ना गर्दा चर्को मुल्य नलिन आग्रह गरेको हो ।

नेविसंघका झापा सभापति सञ्जय निरौलाले संस्थागत तथा सामुदायिक विद्यालयहरुले अभिभावकहरुलाई ढाडसेक्ने गरी चर्को मुल्य नलिन चेतावनी दिएका छन् । उनले प्यावसनलाई खुलेरै मुल्य घटाइदिन अनुरोध समेत गरेका छन् ।

‘पैसाले गुणरुतरीय शिक्षा किन्न सकिदैन’, सभापति निरौलाले भने–‘सामुदायिक विद्यालयमा कक्षा–१२ सम्म निःशुल्क शिक्षा भनेको छ । तर, अंग्रेजी माध्यममा पढाइ गर्दैमा युकेजीको बच्चालाई पनि १ हजार फि लिएको भेटियो । विभिन्न नाममा विद्यालयले अभिभावकबाट पैसा अशुल्न हुँदैन । सरकारको नीति अनुसार समान पूर्वक शिक्षा दिनु पर्छ ।’

उनले संस्थागत विद्यालयले व्यापार गरेको बताए । संस्थागत जस्तो सामुदायिक विद्यालयले त व्यापार गर्न नमिल्ने उनको तर्क छ । तर, व्यापारको नाममा संस्थागत विद्यालयले पनि अभिभावकको ढाडसेक्ने गरीको महंगो शिक्षा दिन नमिल्ने उनको जोडदार माग छ ।

‘सामुदायिक विद्यालयका एउटै शिक्षक तीन वटा विद्यालयमा जागिर खान्छन्’, निरौलाले भने–‘निजीमा पनि खाने सरकारी पनि । यस्ता कुरामा राज्य गम्भीर बन्न पर्छ । डाक्टरको जस्तो व्यवहार शिक्षकले गर्न भएन । सार्टिफिकेट लिएर घरमा बसेका वेरोजगारहरुलाई पनि ठाउँ दिनु पर्छ ।’

प्रकाशित मिति : बैशाख ६, २०८० बुधबार  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]