बैशाख २१, २०८१ शुक्रबार

Breaking News : तातो सडकमै सुते चिया मजदुर, आन्दोलन झनै आक्रमक बन्यो

बिर्तामोड । झापामा आन्दोलनरत चिया मजदुरले आन्दोलनलाई थप आक्रमक बनाइरहेका छन् । आज आन्दोलनको ३८ औं दिनमा मजदुरले श्रम ऐन लागु गर्न माग गर्दै तातो सडकमा सुतेका छन् ।
सयौं चिया मजदुर भेला भएर बिर्तामोडको मुक्ति चोकमा बाटो रोकेर उनीहरु सुतेका छन् । आन्दोलनलाई आक्रमक बनाइरहेका उनीहरुले सडकमा सवारी आवातजावत नै रोकेर आन्दोलन सशक्त बनाउने बताएका छन् । सडकमा मजदुर सुतेपछि यातायातका सवारी पनि चल्न पाएका छैनन् ।
आक्रामक मजदुरले बाटो छेकेपछि प्रहरीले घेरा हालेको छ ।
सरकारले चिया श्रमिकको दैनिक ज्याला ३ सय ८५ र प्रतिघण्टा ५१ रुपैया“ तोकेको छ । तर, श्रमिकले अहिले दिनको २ सय ७८ रुपिया“ मात्र पाइरहेका छन् । कारखानामा काम गर्ने श्रमिकलाई न्यूनतम् ज्यालामा दैनिक थप ४२ रुपिया“ तोकिएको छ । तर, त्यो पनि कार्यान्वयन भएको छैन । उनीहरुले सरकारले तोकेको पारिश्रमिक पाउनु पर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार  १ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]