बैशाख २०, २०८१ बिहीबार

सिम्रिक एयरका सम्पूर्ण उडानमा प्रतिबन्ध

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सम्पूर्ण उडानमा प्रतिबन्ध लगाएको छ। शुक्रबार दिउँसो सिम्रिक एयरको ९एन–एजेजेट हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेसँगै प्राधिकरणले एयरको अन्य उडानमा समेत प्रतिबन्ध लगाएको हो ।

एयरको दुर्घटनाग्रस्त विमान र अन्य विमानहरूको समेत विस्तृत निरीक्षण र उडान सञ्चालन, वायुयोग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको जाँच तथा परीक्षण नभएसम्मका लागि सबै उडानमा प्रतिबन्ध लगाइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

सिम्रिक एयरको दुर्घटना ग्रस्त विमानको र अन्य जहाजको समेत क्षेत्रमा संस्थाको लेखा परीक्षण सम्पन्न नभएसम्म उडान रोकिने उहाँले बताउनु भयो ।

शुक्रबार दिउँसो १ बजे अरुण तेस्रो जलविद्युत आयोजनाको सामग्री बोकेर गएको सिम्रिक एयरको ९एन–एजेजेट हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : बैशाख २३, २०८० शनिबार  ६ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]