बैशाख २०, २०८१ बिहीबार

प्रेस युनियन झापाको अधिवेशन ३१ गते

बिर्तामोड । नेपाल प्रेस युनियन झापा शाखाको १० ओैं अधिवेशन वैशाख ३१ गते हुने भएको छ । शुक्रबार बिर्तामोडमा सम्पन्न प्रेस युनियन झापाको बैठकले वैशाख ३१ गते आईतबार जिल्ला अधिवेशन गर्ने निर्णय भएको युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीले जानकारी दिइन् ।

युनियन झापाको अधिवेशनले १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्ने छ । अध्यक्ष पूर्वेलीको अध्यक्षतामा बसेको बैठकले अधिवक्ता नारायण पौडेलको संयोजकत्व तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ । निर्वाचन समितिमा युवराज ढकाल र कल्पना कडरिया सदस्य रहेका छन् ।

प्रकाशित मिति : बैशाख २३, २०८० शनिबार  ७ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]